२८ पत्नी, ३५ सन्तान र १२६ नातिनातिनीका अगाडि यी पुरुषले गरे ३७ औं बिहे


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
२८ पत्नी, ३५ सन्तान र १२६ नातिनातिनीका अगाडि यी पुरुषले गरे ३७ औं बिहे

इतिहासमा राजा महाराजाहरुले दर्जनौँ रानीहरुसँग बिहे गरेको इतिहास पढ्न पाइन्छ । तर अहिलेको २१औं शताब्दीमा धेरै मुलुकमा बहुविवाह कानूननः बर्जित मात्र छैन कुनै पनि पुरुषले एकभन्दा बढी पत्नीसँग बिहे गर्ने भन्ने कुरा असहज नै लाग्दछ ।

तर यो दुनियाँमा अहिले पनि एकजना त्यस्ता पुरुष छन् जसले हालैमात्र ३७औं पटक बिहे गरेका छन् । सोसल मिडियामा भाइरल भैरहेको एक भिडियोमा ती वृद्ध पुरुषले एक युवतीसँग बिहे गरिरहेको देखिन्छ । त्यसमा दाबी गरिएअनुसार उनले आफ्ना २८ जना पत्नी, ३५ जना छोराछोरी तथा १२६ जना नातिनातिनीहरुकै अगाडि ३७औं पत्नीसँग बिहे गरेका हुन् ।

४५ सेकेण्डको उक्त भिडियो क्लिप कुन देशको हो भन्ने चाहिं खुलेको छैन ।

यसअघि हालै जिम्बाबेमा पनि यस्तै घटना भएको थियो जहाँ एकजना पुरुषले १७ औं बिहेको लागि केटी खोजिरहेको खुलासा गरेका थिए । युद्धनायकको रुपमा रहेका ६६ वर्षका मिशेक नयान्दोरोले यसअघि १६ जना पत्नी भित्राइसकेका छन् र उनका १५१ जना छोराछोरी छन् ।

आफू मर्नुअगाडि १०० पत्नी बनाएर एक हजार छोराछोरी जन्माउने लक्ष्य रहेको उनी बताउँछन् । आफ्नो मुख्य काम भनेकै पत्नीहरुलाई सन्तुष्ट बनाउनु रहेको उनको भनाइ छ । स्मरण रहोस् मिशेक आफैंमा बेरोजगार छन् तर उनका छोराहरुमध्ये धेरैले सरकारी जागिर गर्दछन् । उनले अन्तिम पटक सन् २०१७ मा १६ औं बिहे गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap