धनगढी ९ भाद्र । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकिडाडा घर भएका चेतराज पनेरुको निधन भएको छ । युवाहरु माझँ निकै लोकप्रिय रहेका पनेरुको २६ बर्षको कलिलो उमेरमै निधन भएको हो ।
शारिरिक रुपमा स्वास्थ्य नै रहेका उनी गएराति एक्कासी बेहोस भएपछि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
“गए राति ११ बजे अत्तरिया बजारवाट राम्रै संग घर पुगेको भाइ हात खुट्टा धोएर घर भित्र पस्यो , खाना खाउ भन्दा खाएर आएको भनेपछि एक गिलास दुध मात्रै खायो गोदावरी न्यूजसंग कुराकानी गर्दै उनका दाई डिल्लीराज पनेरुले भने – “दुध खाए लगत्तै एक्सासी बेहोस भएका भाईलाई अस्पताल लैजादै गर्दा बिच बाटोमै मृत्यु भएको रहेछ । “