धनगढी माघ , ६ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८३ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
यस्तै २४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने थप दुईजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।
हाल अस्पतालमा १३ जना संक्रमित विरामी उपचाररत छन् भने। ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।