२४ घण्टामा थपिए १ लाख १४ हजार संक्रमित


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
२४ घण्टामा थपिए १ लाख १४ हजार संक्रमित

 २३ पुस  भारतमा पुन: दिनहुँ कोरोना संक्रमणको दर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ४८४ जना संक्रमित थपिएका छन् । यो संख्या २०२१ को जुन महिनायताकै बढी हो । बिहीबार भारतमा ९० हजार २२८ सय जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छ ।

बिहीबार ३२५ को मृत्यु हुँदा पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका वर्ल्डोमिटर्सले जनाएको छ । त्यस्तै, सोही अवधिमा भारतमा १६ हजार ९७२ जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा अमेरिकामा सर्वाधिक ७ लाख ५१ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको छ ।

त्यहाँ सोही अवधिमा सर्वाधिक २ हजार १४३ जना संक्रमितको मृत्यु पनि भएको छ ।साथै, अमेरिकामा २४ घण्टाको अवधिमा ८९ हजार ३०२ जना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो ४ घण्टामा नेपालमा ४७८ जनामा कोरोना पुष्टि हुँदा एक संक्रमितको मृत्यु भएको छ । अवधिमा २७१ संक्रमित निको भएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap