२४ घण्टामा थपिए १ लाख १४ हजार संक्रमित


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
२४ घण्टामा थपिए १ लाख १४ हजार संक्रमित

 २३ पुस  भारतमा पुन: दिनहुँ कोरोना संक्रमणको दर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ४८४ जना संक्रमित थपिएका छन् । यो संख्या २०२१ को जुन महिनायताकै बढी हो । बिहीबार भारतमा ९० हजार २२८ सय जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छ ।

बिहीबार ३२५ को मृत्यु हुँदा पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका वर्ल्डोमिटर्सले जनाएको छ । त्यस्तै, सोही अवधिमा भारतमा १६ हजार ९७२ जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा अमेरिकामा सर्वाधिक ७ लाख ५१ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको छ ।

त्यहाँ सोही अवधिमा सर्वाधिक २ हजार १४३ जना संक्रमितको मृत्यु पनि भएको छ ।साथै, अमेरिकामा २४ घण्टाको अवधिमा ८९ हजार ३०२ जना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो ४ घण्टामा नेपालमा ४७८ जनामा कोरोना पुष्टि हुँदा एक संक्रमितको मृत्यु भएको छ । अवधिमा २७१ संक्रमित निको भएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap