भदौ २७, सुदूरपश्चिम प्रदेशमा लम्पी स्किन महामारीका कारण १४ हजार ३९० पशु चौपायाको मृत्यु भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी पुष्कर नाथका अनुसार प्रदेशमा सो संख्यामा पशु चौपायाको मृत्यु भएको हो।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी नाथका अनुसार पशु चौपायामा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण पशुपालन कृषकहरूको तीन करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ। सूचना अधिकारी नाथ भने, “हालसम्म तीन लाख ४६ हजार ८०८ पशुमा लम्पी स्किन रोगको सङ्क्रमण भएको छ । कतिपय स्थानीय तहहरूले यस यो रोग विरुद्धको खोप समेत लगाएका छन्। उपचारको काम भइरहेको छ।”