१४ सांसदलाई छिटो कारवाही गर्न ओलीनिकट नेताहरूको निरन्तर दबाब


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
१४ सांसदलाई छिटो कारवाही गर्न ओलीनिकट नेताहरूको निरन्तर दबाब

काठमाडौँ — माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् ।

बिहीबार मुख्य सचेतक विशाल भट्टराई लगायतका नेताहरूले सभामुख सापकोटालाई भेटेका थिए । शुक्रबार सचेतक शान्ता चौधरी, पूर्वमन्त्रीहरू खगराज अधिकारी, गोकुल बाँस्कोटा, लालबाबु पण्डित लगायतका नेताहरू सभामुखको कार्यकक्षमा पुगेका छन् ।

विभाजन गर्ने निर्णयबाट असन्तुष्ट नेपाल समूहका नेताहरूले बिहीबार विगतमा भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै वक्तव्य समेत जारी गरेका थिए । उनीहरूले ओली र नेपाल दुबै पक्ष आफ्ना अडानबाट पछि हट्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । तेस्रो धारका नेताहरूले एकताका लागि १४ जना सांसदलाई गरेको कारवाही पनि रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

तर ओली समूहका नेताहरू भने छिटो कारबाही गराउन जोडबल गरिरहेका छन् । नेपाल पक्षकै केही सांसदहरूले यसअघि नै कारबाही रोक्नका लागि सभामुखलाई पत्र दिइसकेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap