१४ युवालाई बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
१४ युवालाई बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध

कञ्चनपुर २४ भाद्र । भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ।

भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो।

प्रतिउद्यमी पाँच लाखका दरले कर्जाको रकम उपलब्ध गराइएको छ। पहिलो चरणमा छनोट भएको १४ जनालाई नगरप्रमुख सुरेन्द्र बिष्टले चेक हस्तान्तरण गरे।

कार्यक्रमअन्तर्गत नगरपालिकाको सिफारिसमा बंैकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित सुमदाय व्यवसाय विकासका लागि कर्जाको रकम उपलब्ध गराइएको छ। बैंकले पहिलो चरणअन्तर्गत ६७ लाख ४० हजार कर्जा लगानी गरेको बैंकका शाखाप्रमुख महेशराज जोशीले बताए।

उनका अनुसार बैकले दीपेश केरा फार्मलाई दुई लाख ५० हजार, रोजी पोल्ट्री फार्मलाई चार लाख ९० हजार र अन्य व्यावसायिक फार्मलाई पाँच÷पाँच लाखका दरले कर्जा उपलब्ध गराएको छ। युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवद्र्धन गर्न कर्जा लगानी गरिएको छ।

नगरपालिकाको सिफारिसमा बैंकले बिनाधितो बिना व्याजमा कर्जा लगानी गरिएका उद्यमीलाई कर्जा दिने र नगरपालिकाले उद्यमीको व्याज तिरिदिने सम्झौता गरिएको छ।

गत वर्ष बैंक र नगरपालिकाबीच मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत ऋण प्रभाव तथा व्याज अनुदानसम्बन्धी सम्झौता भएको थियो।

उद्यमी युवालाई कर्जा रकमको चेक हस्तान्तरण गर्नुहुँदै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशीलताका विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।

“सीप भएका र केही गर्ने इच्छा भएका युवाले पूँजी अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ,” नगरप्रमुख विष्टले भने, “नगरपालिकाले व्यवसाय सुरुआतसँगै त्यसको प्रवद्र्धनका लागि लगानीस्वरुप ऋणमा व्याज अनुदान सहयोग गरेको छ।”

सबैलाई उत्पादनसँग जोड्न सके नगर समृद्धिमा अगाडि बढ्ने उनको भनाइ रहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap