१३ वर्ष कान्छी रत्नाबीचको चर्चित प्रेम कहानी


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
१३ वर्ष कान्छी रत्नाबीचको चर्चित प्रेम कहानी

एजेन्सी नयाँ दिल्ली, भदौ ११ अभिनेता नशिरुद्दिन शाह र अभिनेत्री रत्ना पाठक बलिउडका शक्तिशाली जोडीका रुपमा चिनिन्छन्। प्रतिभाशाली र प्रतिबद्ध यी दुई कलाकार हिन्दी फिल्म क्षेत्रका प्रसिद्ध जोडीमध्ये एक हुन्। अभिनय क्षेत्रमा उनीहरुको छुट्टै छाप छ।

वास्तविक जीवनमा यी दुईको भेट कसरी भयो र प्रेम कथा थोरैलाई मात्र थाहा छ।

नशिरुद्दिन र रत्नाको भेट सन् १९७५ मा मुम्बईस्थित ‘संभोग से सन्यास तक’ नाटकमा काम गर्ने बेला भएको थियो। नाटक मुम्बई थिएटरका प्रख्यात निर्देशक सत्यदेव दुबेले निर्देशन गरेका थिए।

सँगसँगै काम गर्ने क्रममा छोटो समयमा नै उनीहरु प्रेममा परे र सात वर्षको लामो प्रेम सम्बन्धपछि उनीहरुले सन् १९८२ मा विवाह गरे।

उनीहरुको प्रेम कथा जति सामान्य सुनिन्छ, वास्तवमा त्यति सजिलो भने थिएन। रत्नासँग भेट हुँदा नशिरुद्दिन पहिल्यै विवाहित थिए। उनी रत्नाभन्दा १३ वर्ष जेठो थिए र उनको आफ्नै एक छोरी पनि थिइन्। नशिरुद्दिनको पहिलो विवाह पाकिस्तानी महिला पुरभिन मुरादसँग भएको थियो।

उनीहरुको विवाह सन् १९६९ मा भएको थियो। पहिलो विवाह गर्नेबेला नशिरुद्दिन १९ वर्षका थिए। उनकी श्रीमती पुरभिन ३४ वर्षकी थिइन्। उनीहरुको भेट अलिगढ मुस्लिम युनिभर्सिटीमा भएको थियो र त्यहीँ उनीहरु प्रेममा परेका थिए। तर उनीहरुको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन।

विवाहको दश महिनापछि जब नशिरुद्दिन ‘नेशनल स्कुल अफ ड्रामा’मा भर्ना भए, उनी दिल्ली आए। त्यहीबेला उता पुरभिनले उनीहरुकी छोरी हिबालाई जन्म दिइन्। समय बित्दै गयो, यी दुई एकअर्काबाट टाढा हुँदै गए। एक्कासि पुरभिन आफ्नी छोरी हिबालाई लिएर लन्डन गइन्।

नशिरुद्दिन र पुर्भिन एकअर्काबाट टाढा भएपनि उनीहरुको सम्बन्धविच्छेद भएको थिएन। यता नशिरुद्दिन र रत्नाको प्रेम भने चलिरहेको थियो।

उनीहरु डेट गर्दाका कथाहरु रमाइला छन्। एआइबीसँग कुरा गर्दै यसबारे रत्नाले भनेकी थिइन्, ‘हाम्रो करियर भर्खरै सुरु भएको थियो र पैसा दुबै जनासँग धेरै थिएन। एकपटक हामी डेटका लागि एउटा राम्रै रेष्टुरेन्टमा गएका थियौं। त्योबेला रेस्टुरेन्टहरुले महिलालाई खानाको मूल्य नलेखेको मेनु र पुरुषलाई मूल्य लेखेको मेनु दिने गर्थे। हामी गएको बेला भने नशिरुद्दिनलाई मूल्य नभएको मेनु पर्यो र मलाई मूल्य भएको। उनी फटाफट खाना अर्डर गर्न थाले, यता म भने महँगो पैसा देखेर आत्तिन थालेकी थिएँ। उनलाई आँखाले इसारा गरेर धेरै अर्डर नगर्न भन्न खोजिरहेकी थिएँ। पछि वेटर गएपछि हामी दुवै पैसा पुग्छ वा पुग्दैन भनेर गन्न थाल्यौं।’

पुरभिनसँग सम्बन्धविच्छेद नभएको हुनाले नशिरुद्दिन र रत्ना केही समय विवाह नगरी सँगै पनि बसेका थिए। सम्बन्धविच्छेदको काम सकिएपछि उनीहरुले सन् १९८२ मा विवाह गरेका हुन्। नशिरुद्दिन र रत्नाको विवाह धुमधामले भएको थिएन।

‘मेरो आमाको घरमा गएर हामीले रेजिस्टर विवाह गरेका हौं,’ रत्नाले भनेकी थिइन्, ‘केही कुराहरु निकै व्यक्तिगत हुन्छन् र हाम्रा लागि विवाह त्यस्तै कुरा थियो। तर हामीले निकै रमाइलो गर्यौँ। हामी ती जोडीमध्ये पर्छौं जसले विवाहमा पाहुनाले भन्दा बेहुला बेहुलीले बढी रमाइलो गरे।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap