१२ करोड पारिश्रमिकबारे करिना भन्छिन्–‘यो महिलाहरुको सम्मानको कुरा हो ’


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
१२ करोड पारिश्रमिकबारे करिना भन्छिन्–‘यो महिलाहरुको सम्मानको कुरा हो ’

नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेपछि यसले बजार गर्मायो । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि छलफललाई अगाडि बढाएको छ ।

यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको थियो ।

महंगो पारिश्रमिकबारे करिना भन्छिन्–‘केही बर्ष अगाडिसम्म पुरुष र महिला कलाकारविच पारिश्रमिकमा देखिएको भिन्नताको बिषयमा कसैले पनि आवाज उठाएको पाइदैनथ्यो । तर, अहिले परिस्थिती बदलिएको छ । यो बिषयमा बहस हुन थालेको छ । मैले मेकर्सलाई म के चाहन्छु भन्ने कुरा पहिले नै स्पष्ट पार्नुपर्ने हुन्छ । यो महिलाहरु प्रतिको सम्मानको बिषय पनि हो ।’

मिडियाका अनुसार, यो भूमिकाका लागि करिनाले ८ देखि १० महिना वर्कशप गर्नुपर्ने हुन्छ । यो करिनाको करिअरकै सबैभन्दा ठूलो चलचित्र रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि बलिउड नायिकाहरु तापसी पन्नु, प्रियामणी लगायतले समर्थन समेत गरेका थिए ।

करिनाले ‘सीता’ चलचित्रमा काम गरेका खण्डमा हिन्दु धर्म र सीता माथि नै अपमान हुने भन्दै कतिपय सामाजिक प्रयोगकर्ताले विरोध जनाएका थिए । करिना चलचित्र ‘लाल सिंह चड्डा’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा उनी नायक आमिर खानसँग देखिनेछिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap