११ वर्षपछि फरदीन खानको कमब्याक


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
११ वर्षपछि फरदीन खानको कमब्याक
अभिनेता फिरोज खानका छोरा फरदीन खान ११ वर्षपछि फिल्ममा फर्किने भएका छन् । उनको नयाँ फिल्मको घोषणा भएको छ । एक समय फिल्ममा भ्याइनभ्याइ हुने गरेका उनी जबरजस्त ट्रान्सफर्मेशन र फिटनेसपछि बलिउडमा पुनरागमन गर्न लागेका हुन् । मंगलवार सञ्जय गुप्ताले नयाँ फिल्म ‘विस्फोट’ को घोषणा गरेका छन्, जसमा फरदीनसँगै रितेश देशमुखको अभिनय रहनेछ ।
‘विस्फोट’ २०१२ मा प्रदर्शन भएको भेनेजुएलाको फिल्म ‘रक, पेपर, सिजर’ को हिन्दी रिमेक हो । फिल्मको बारेमा निर्माता गुप्ताले भनेका छन्, ‘म निकै खुसी छु कि रितेश देशमुख र फरदीन खान स्पेशल प्रोजेक्टमा एकसाथ आउँदैछन् । मैले र मेरो टिमले हाम्रो हरेक प्रोजेक्टलाई महत्त्वपूर्ण बनाउन निकै मिहिनेत गरेको छ । ‘विस्फोट’ को यस वर्षको अन्तिम महिनामा छायांकन सुरु हुनेछ ।’
फरदीन खान पछिल्लो पटक सन् २०१० मा रिलिज भएको फिल्म ‘दुल्हा मिल गया’ मा देखिएका थिए । यसपछि कुनै फिल्ममा नदेखिएका उनी ११ वर्षपछि कमब्याक गर्न निकै उत्साहित छन् । फिल्मबाट टाढा भएपछि उनको वजन निकै बढेको थियो । जब उनले फिल्ममा कमब्याक गर्ने सोच बनाए तब ६ महिनामा १८ केजी तौल घटाएका थिए । त्यसअघि उनको तौल सय केजी थियो ।
फिल्म ‘प्रेम अग्नि’ बाट आफ्नो करिअरको सुरुवात गरेका फरदीनले यो फिल्मबाट फिल्मफेयर बेस्ट डेब्यू एक्टरको अवार्ड जितेका थिए । यसपछि राम गोपाल वर्माको फिल्म ‘जंगल’ मा उनको अभिनयको निकै प्रशंसा भएको थियो । तर, सन् २००१ मा उनी कोकीन सेवन गरेको र लागूऔषध सामाग्री राखेको आरोपमा पक्राउ परेका थिए । त्यसपछि उनको करिअर अस्तव्यस्त बन्यो ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap