१०६ वर्षका पुरुषको भाँच्चिएको हड्डीकाे सफल शल्यक्रिया


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
१०६ वर्षका पुरुषको भाँच्चिएको हड्डीकाे सफल शल्यक्रिया

दाङ १० भाद्र । दाङमा जटिल प्रकारको हार्डजोर्नी समस्याको सफल सल्यक्रिया हुन थालेको छ। १०६ वर्षीय वृद्ध पुरुषको हार्डजोर्नीको सफल शल्यक्रिया गरिएको हो।

११ दिन अघि लडेर बायाँ हिपको जोर्नी भाँच्चिएर घाइते भएका घाेराही उपमहानगरपालिका-१२ हापुरका साधु थारु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए।

हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थि, एनेस्थेसिया डा. अजित झासहितको चिकित्सक, नर्शको टोलीले सल्यक्रिया गरेको थियो।

रगतको कमि र प्लेटलेट घट्दो अवस्थामा रहेका बिरामीको स्वास्थ्य अवस्थामा सुधार गरेर शल्यक्रिया गरिएको हो। अहिले बिरामीको अवस्था सामान्य रहेको शल्यक्रियामा सलग्न चिकित्सक डा. पन्थीले बताए ।

यसअघि ८६ वर्षसम्म उमेरका मानिसको सल्यक्रिया गरिएको थियो । तर, १०० वर्ष माथि उमेर पुगेका व्यक्तिको पहिलोपटक शल्यक्रिया गरिएकाे उनले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap