होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०७८ मा प्रकाशित     
होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ

धनगढी चैत्र ३। होली पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा साथी भाइआफन्त हरमा रङ र लोला खेली मनाईन्छ ।

होली पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ भने। फागु पुर्णिमाको अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

कसरी सुरु भयो 'होली' पर्व ? के हो यसको मर्म र कसरी गर्ने आत्मसात् ? -  Newskoseliत्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली फागुखेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

होलीलाई व्यवस्थित गर्नकालागि कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

प्रहरीले होलीलाई मध्यनजर गर्दै कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लामा होलीलाई मध्यनजर गर्दै सामान्य अवस्थाभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिने छ ।

बढी भिडभाड हुने स्थान, सामूहिक होलीका कार्यक्रम भएका स्थानमा थप प्रहरी परिचालन गरिने प्रवक्ता जोशीले बताए छन् भने । यसका अलावा मोबाइल टोलीलाई पनि प्रभावकारी रूपमा परिचालन गरिने बताए । ‘आवश्यक परेको स्थानमा खटाउनका लागि हामीले रिजर्भ फोर्स पनि राखेकाछौं,’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘भिडभाड हुने स्थानमा विशेष निगरानी गरिने छ ।’ उनले मोटरसाइकलमा तीनरचार जना राखेर चलाइएको पाइएमा त्यसतालाई कारबाही गरिने बताए तराईका जिल्लामा आज धुमधामका साथ होली पर्व मनाईँदै « Khasokhasप्रवक्ता जोशीले होलीका नाममा मादकपदार्थ सेवन गर्ने र हो हल्ला गर्ने तथा जबरजस्ती रंग दल्न खोज्नेलाई कारबाही गरिने बताए । उनले चाडपर्वका नाममा लागूपदार्थ सेवन गर्ने, लागूऔषध सेवन गर्ने गरिएको भन्दै त्यसो गरेको पाइएमा पनि जो कोहीलाई कारबाही हुने बताए ।सभ्य होली खेल्न आग्रह

होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता उत्छृङखल क्रियाकलाप नगर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । सांस्कृतिक परम्पराको रक्षा गर्दै एक आपसमा मित्रता कायम गर्न आग्रह गर्दै प्रहरीले रमाइलो तथा मनोरञ्जनका नाममा उच्छृङ्खल तथा आपराधिक गतिविधि नगर्न सुझाव दिएको हो । होलिका नाममा उत्छृङखल क्रियाकलाप गरेको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ । साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध पनि कारबाही हुने जनाइएको छ । त्यसैगरी प्रहरीले जथाभावि होली नफ्याक्न पनि अनुरोध गरेको छ । कसैको इच्छा विपरित रंग दल्नु अपराध हुने भन्दै प्रहरीले आपराधिक क्रियाकलापमा सहभागी नहुन र सभ्य नागरिकको भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap