धनगढी उपमहानगरपालिका वडा नं. २ मा रहेको होप मन्टेश्वरि एकेडेमीले असल अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । धनगढीको होटल ईमेजमा आयोजाना भएको उक्त कार्यक्रममा बाल स्वास्थ्य तथा पोषण योजना संबन्धि बालरोग विशेषज्ञ डा . दिपक पौडेलले अभिभावकलाई पोषण योजनाको बारेमा जानकारी गराएका थिए । साथै बालवालिकालाई स्वस्थ राख्न अभिभावकले खेल्नुपर्ने भुमिकाको बारेमा जानकारी समेत दिएका थिए । कार्यक्रममा सहभागी अभिभावकले आप्नो बच्चाको स्वास्थ्यको बारेमा परार्मस लिएका थिए । अभिमभावकले बच्चालाई घरमा गर्नु पर्ने व्यवहार, कसरि असल अभिभावक बन्ने भन्ने बारे मन्टेश्वरि प्रशिक्षक तथा शिक्षक हरिश डि .सि ले अभिभावकलाई सहजिकरण गराएका थिए । आजको युगमा बच्चालाई कस्तो शिक्षा आवश्यक छ बालबालिकाको भावना बुझेर कसरी व्यवहार गर्ने भन्ने बारे कार्यक्रममा छलफल गरेको थियो । होपका शिक्षीकाले बिद्यालयमा गाराईने शिक्षण बिधिबारे अभिभावकलाई प्रयोगात्मक अभ्यास गाराएका थिए । कार्याक्रममा होप मन्टश्वरिका सञ्चालक ओम जंग सिङ र प्रिन्सीपल उशा भट्ट सिङले विद्यालयको बारेमा जानकारी दिदै आगामि दिनमा अभिभावकको सुझावले विद्यालय अघि बढ्ने बताएका थिए ।कक्षा २ सम्म सञ्चालित स्कुलमा एक सयबढी बालवालिका अध्यनरत छन् । पुर्ण मन्टेश्वरि बिधि बाट अध्यापन गाराईन्छ भने मन्टेश्वरि सञ्चालन गर्न आवश्यक सम्पुर्ण पुर्वाधार पर्याप्त रहेको छ ।