होटल उद्योगको संरक्षण गर्न अर्थमन्त्रीसँग व्यवसायीको अनुरोध


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
होटल उद्योगको संरक्षण गर्न अर्थमन्त्रीसँग व्यवसायीको अनुरोध

१६ भदौ, काठमाडौं । कोरोना महमारीका कारण संकटमा रहेको होटल उद्योगलाई राज्यको संरक्षण आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणासहितको टोलीले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दै यस्तो आग्रह गरेको हो । होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न व्यवसायीले अर्थमन्त्रीसँग अनुरोध गरे ।

अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताइन् । उनले होटल उद्योगमा खरबौंको लगानी रहेको बताइन् । हजारौं रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको उनले बताइन् । आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषय र मौद्रिक नीतिले सम्बोधन गरेका विषय समेत कार्यान्वयनमा लैजान उनले ध्यानाकर्षण गराएकी छिन् ।

होटेल व्यवसायीले होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउन समेत माग गरेका छन् । होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाई भएकोले अविलम्ब कार्यान्वयन गर्न समेत उद्योगीले माग गरेका छन् ।

सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तीमा १ वर्षसम्म निरन्तरता दिन समेत व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका छन् । यो समयमा होटलको तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारणले स्वास्थ्य लगायतका आपतकालीन सेवा लिनबाट बञ्चित नहुने गरी व्यवस्था गरिदिन समेत माग गरिएको छ ।

मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरुको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरु होटल तथा पर्यटन उद्योगमा सहज र सरल रुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिन व्यवसायीको माग छ । होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ५ वर्षको लागि लागू गरिनुपर्ने माग समेत व्यवसायीको छ ।

यो समयमा अधिकांश होटल पुनःनिर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्नेसमेत माग गरिएको छ ।

पर्यटन पुनरुत्थानको लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि व्यवसायीको माग छ ।

उक्त अवसरमा अर्थमन्त्री शर्माले कोभिड १९ बाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap