

हिमाल एकेडेमी धनगढीले १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । वार्षिक उत्सबको अवसरमा विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापको समेत आयोवजना गरेको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट हुने छात्र छात्राहरुलाई प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो । विद्यालयका सञ्चालक तथा व्यवसुथापन समितीका अध्यक्ष बिक्रम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्याप्सनका केन्द्रिय सल्लाहाकार तथा सुदुरपश्चिम प्रदेश योजना आयोगका सदस्य प्रमुख आतिथी रहनु भएको थियो । वार्षिक उत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथीले शिक्षा क्षेत्रको नितीगत सुधार र ऐन कानुन नर्माणमा सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा उपस्थीत अतिथीहरुलाई विद्यालयका प्रिनसीपल माया शर्मा तथा सञ्चालक बिक्रम शर्माले मायाको चिनो प्रदान गर्नु भएको थियो ।