हावामा २० मिनेटमा ९० प्रतिशत कमजोर कसरी हुन्छ कोरोना


लेखक : सुन्दराञ्चल      पुस २९, २०७८ मा प्रकाशित     
हावामा २० मिनेटमा ९० प्रतिशत कमजोर कसरी हुन्छ कोरोना

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढिरहेको समयमा भाइरसको बारेमा नयाँ अध्ययन गरिएको छ । नयाँ अध्ययनका अनुसार हावाको सम्पर्कमा आएको २० मिनेटपछि कोरोना भाइरस ९० प्रतिशतसम्म कमजोर हुन्छ । साथै, ५ सेकेण्डमा नै भाइरसको आधा शक्ति गुमाइसकेको हुन्छ । हावामा गिलोपना कम हुने र कार्बनडाइअक्साइडको कमी हुने भएकाले भाइरस धेरैसमय जिवित रहन सक्दैन ।

कसरी फैलिन्छ कोरोना संक्रमण
कोरोना संक्रमण हावामार्फत फैलिन्छ । वैज्ञानिकका अनुसार हावा तरल हुन्छ । यसमा विभिन्न प्रकारका कणहरु हुन्छ । जुन समयसँगै वातावरणमा फैलिन्छ । कोरोना भाइरस पनि हावामा फैलिन सक्षम हुन्छ । जब कुनै संक्रमित व्यक्ति खोक्छ वा हाँछ्युँ गर्छ उक्त भाइरस हावामा फैलिन्छ । त्यहाँ नजिकै बस्नेहरुमा हावामार्फत कोरोना सर्छ ।

हावामा आउनेवित्तिकै भाइरस कमजोर किन हुन्छ
अध्ययनका अनुसार हावामा भाइरसको कणहरु सुख्खा हुन्छन् । हावामा कार्बनडाइअक्साइडको कमि हुने भएकाले भाइरसको पिएच लेभल बढ्छ । यो दुवै चिजको कारण भाइरसले केही मिनेटमा नै फैलिने क्षमता गुमाइसकेको हुन्छ ।

शरीरमा हुने गिलोपनका कारण जिवित रहन्छ भाइरस वैज्ञानिकहरुले शरीरमा हुने गिलोपनाका कारण भाइरस जिवित रहने दाबी गरेका छन् । र, शरीरभित्र कार्बनडाइअक्साइड पनि हुने भएकाले धेरै समय जिवित रहने वैज्ञानिकहरुले बताएका छन् । फोक्सोमा कार्बनडाइअक्साइड पनि हुने र गिलोपन पनि हुने भएकाले शरीरलाई यो भाइरसले सजिल्यै छोड्दैन ।अफिस वा सार्वजनिक स्थानमा ५ सेकेण्डमा ५० प्रतिशत कमजोररिसर्चका अनुसार अफिस जस्ता ठाउँको वातावरणमा गिलोपन नहुने भएकाले ५० प्रतिशत भाइरस कम हुन्छ । जहाँ ५ सेकेण्डमा नै भाइरसले ५० प्रतिशत संक्रमण फैलाउने क्षमता गुमाएको हुन्छ । स्टिम रुम र बाथरुममा गिलोपन हुने भएकाले भाइरस लामो समय जिवित रहन्छ । दुवै परिस्थितिमा २० मिनेटमा ९० प्रतिशत कमजोर भइसकेको हुन्छ ।

मास्क र सामाजिक दूरी आवश्यक

अध्ययनका अनुसार भाइरसको संक्रमण फैलाउने क्षमता हावामा आएको केही मिनेटमा नै सकिन्छ । यस्तो अवस्थामा मास्क र सामाजिक दूरीले संक्रमण फैलाउन कम गर्न सक्छ ।

द गार्जियनको रिपोर्टमा उल्लेख भए अनुसार अध्ययनमा संलग्न वैज्ञानिक जोनाथन रीडले संक्रमण संक्रमित व्यक्तिको धेरै नजिक भएमा धेरै फैलने बताएका छन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap