हालसम्म बैतडीमा २९ हजार जनाको स्वाब परीक्षण


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
हालसम्म बैतडीमा २९ हजार जनाको स्वाब परीक्षण

बैतडी १० भाद्र । कोरोना संक्रमण भए/नभएको थाहा पाउन बैतडीमा हालसम्म २९ हजार बढी नागरिकको स्वाब परीक्षण गरिएको छ।

पीसीआर र एन्टिजेन विधिबाट गरी २९ हजार १४५ जनाको स्वाब परीक्षण गरिएकोमा दुई हजार ७२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन्‌।

कार्यालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ७७० जनाको स्वाब परीक्षण गरिएको छ। ती मध्ये दुई हजार २९५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, एन्टिजेन विधिबाट १४ हजार ३७५ जनाको स्वाब परीक्षण गरिएकोमा ४२३ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले आग्रह गरेका छन्‌।

चाडपर्व नजिकिएकाले सकेसम्म भीडभाड नगर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। भीडभाडका बेला कोरोना भाइरसको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो।

अहिले जिल्लामा स्वाब परीक्षण दायरा बढाइएको छ।  भारतसँग सीमा जोडिएको नाका झुलाघाट र बाहिरी जिल्लाबाट भित्रिने यात्रुहरूको खोडपेमा हेल्थ डेस्क स्थापना गरी स्वाब परीक्षण कार्य जारी रहेको छ। घुम्ती शिविरबाट र शंकास्पदहरूको पनि स्वास्थ्य संस्था तथा अस्पतालबाट परीक्षण जारी छ।

जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २७ रहेको छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १३ जना रहेका छन्।

यस्तै मेलौली नगरपालिकामा सात जना, दोगडाकेदार गाउँपालिकामा तीन जना, पुर्चौडी नगरपालिकामा दुई जना र सिगास गाउँपालिका तथा सुर्नया गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका छन्।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap