हामी बाँचिरहेको समाज आफैंमा ‘कन्फ्युज , गायक ,प्रकाश सपुत,


लेखक : सुन्दराञ्चल      साउन २५, २०८० मा प्रकाशित     
हामी बाँचिरहेको समाज आफैंमा ‘कन्फ्युज  , गायक ,प्रकाश सपुत,

 साउन २५ , गायक प्रकाश सपुतले संगीत सिर्जनामार्फत आफूले समाजका घाउ निचोर्ने प्रयास गरेको बताएका छन् । हिमालय टिभीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा अन्तर्वार्ता दिंदै उनले आफ्ना कतिपय सिर्जनामा समाजमा यो चाहिं नभईदिए हुन्थ्यो भन्ने आग्रह हुने र कुनैमा समाज यस्तो छ भनेर देखाउने प्रयास गर्ने बताए ।

प्रकाशले नेपाली समाज आफैंमा ‘कन्फ्युज’ लाग्ने समेत उनको धारणा छ । ‘म त्यो समाजमा जन्में, जसले मलाई हार्दिकता पनि प्रकट दियो, दु:ख-सुखमा सहयोग पनि गर्‍यो ।

नुन, तेल, चामल पैंचो पनि दियो । मेरो बाबा विदेश जाँदा ऋण पनि हालिदियो । मर्दापर्दा साथ पनि दियो, हामी एउटै समाजको मान्छे है पनि भनेर ढाडस दिने प्रयास गर्‍यो,’ उनले भने, ‘तर त्यही बीचमा उसले मलाई अपमान पनि गर्‍यो, तिरस्कार पनि गर्‍यो । विभेद पनि गर्‍यो, उसले मलाई तँ हामीसमान होइनस् है भन्ने अनुभूति पनि दिलायो । त्यसकारण हाम्रो समाज नै एक खालको कन्फ्युज जस्तो देखिन्छ ।’

उनले आफू पनि त्यस्तै अस्पष्टतामा हुर्के-बढेको हुँदा आफ्ना गीत र सिर्जनामा पनि त्यस्तै प्रतिविम्बित भएको हुन सक्ने बताए । ‘म पनि त्यही कन्फ्युजनमा हुर्कें, द्वेधखालको मानसिकतामा म हुर्कें । समाजलाई राम्रो मानौं कि नमानौं कि भन्ने भइरह्यो । आफ्नो सम्झिऊँ कि नसम्झिऊँ भन्ने मानसिकतामै मेरो बाल्यकाल र युवाकालको सुरुवाती अवस्था बित्यो,’ प्रकाशले भने, ‘सिर्जनामार्फत अहिलेको परिवेशबाट मान्छेलाई बुझाउने प्रयत्न हो ।’

उनले ‘बोलमाया’ र ‘गलबन्दी’मा समाज सहयोगी छ है भनेर देखाएको र ‘दमाई महाराज’मा त्यही समाजले विभेद पनि गरेको छ भन्ने चित्रण गर्ने प्रयास गरेको बताए । उनले आफ्ना सिर्जनाको उद्देश्य नै आदर्श समाज निर्माणका लागि प्रेरित गर्नु रहेको उनको भनाइ छ ।

प्रकाशले कुनै पनि सिर्जनामाथि बहस र विमर्श हुन आवश्यक रहेको बताए । ‘लोकतान्त्रिक-गणतान्त्रिक व्यवस्थामा समाजका कुरा बोल्न पाउने, आलोचना र समीक्षा गर्ने पाउने, सबैको अस्तित्व स्वीकार्ने, सबैको विचार स्वीकार्ने होला नि ?’ उनले भने । प्रकाशले हरेक सिर्जनालाई विम्बात्मक ढंगले बुझिदिन पनि आग्रह गरे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap