हरियाली धनगढी अभियानलाई, धनगढीमा रहेको चैतन्य पाठशालाको आर्थिक सहयोग


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०८० मा प्रकाशित     
हरियाली धनगढी अभियानलाई, धनगढीमा रहेको चैतन्य पाठशालाको  आर्थिक सहयोग

धनगढी चैत्र ७, धनगढीमा रहेको चैचन्य पाठशाला शिक्षा र संस्कारको संगम भन्ने मूल नाराका साथ संस्कार युक्त शिक्षालाई जोड दिदै आइरहेको चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिकाको हरित धनगढी अभियानलाई सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले सुरु गरेको अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सहयोगार्थ स्वरुप रु १,०००००, एक लाख धनगढी उपमहानगरपालिकालाई चैतन्य रिसर्च एन्ड डिभलपमेन्टका प्रमुख डा.हेमराज पन्तको उपस्थितिमा नगर प्रमुख गोपाल हमाललाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

धनगढी उपमहानगरपालिकाले संचालन गरिएको हरियालिमय धनगढ़ी अभियानलाई एक्यवद्धता जनाउँदै नगर प्रमुखको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो । सहयोग बारे नगर प्रमुख हमाले चैतन्य पाठशालाले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।  No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap