हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जुवाडे पक्राउ


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जुवाडे पक्राउ

७ असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केही महिला पनि रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५०० नगद र ७ जोर तास बरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरूबाट प्रति क्वाइन दश हजार ‘भ्यालु’ रहेका ४० वटा ग्रिन क्वाइन, ५०० भ्यालु भएका ८० वटा रेड क्वाइन र एक हजार भ्यालु भएका १४० वटा ब्ल्यु क्वाइन पनि बरामद भएको छ ।

पक्राउ परेका १३ जनालाई प्रहरी वृत्त बानेश्वमा राखी अनुसन्धान भैरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap