स्वास्थ्य राज्यमन्त्रीलाई खगराजको प्रश्न : कोरोना खोपको मूल्य कति हो ?


लेखक : सुन्दराञ्चल      साउन २१, २०७८ मा प्रकाशित     
स्वास्थ्य राज्यमन्त्रीलाई खगराजको प्रश्न : कोरोना खोपको मूल्य कति हो ?

१ साउन, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गरेका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले भने, ‘राष्ट्रको ढुकुटी गएको छ, मोर्डनाको मूल्य कति हो ? भेरोसेलको मूल्य कति हो ? जोनसन एण्ड जोनसनको मूल्य कति हो ? यो हामीले थाहा पाउनुपर्‍यो ।’

चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि अघिल्लो सरकारले नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार केही खोप आइसकेको छ भने केही आउने क्रममा छ । नयाँ सरकारले थप ६० लाख भेरोसिल खरिदका लागि सिनोफार्मसँग सम्झौता गरेको छ भने फाइजरको ४० लाख, मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत भुक्तानी गरेको छ ।

जोनसन एण्ड जोनसनको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिद प्रक्रिया सुरु गरेको छ । १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीका फाइजरको ६० लाख खोप पनि खरिदको प्रक्रियामा छ ।

तर सुरुमा भारतको सेरमसँग खरिद गरेको २० लाख बाहेक अरु खोपको मूख्य सार्वजनिक भएको छैन । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले भने खोपको मूल्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले भने, ‘भ्याक्सिनको मूल्य के हो ? कसरी नेगोसिएसन भयो ? यो हामीले थाहा पाउनुपर्छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap