स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता : डब्ल्यूएचओ


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता : डब्ल्यूएचओ

५ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन  (डब्ल्यूएचओ) का दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् ।

कोरोना महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालको तयारीका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नु पर्नेमा उनीहरुको जोड छ ।

सदस्य राष्ट्रहरुको बैठकमा डब्ल्यूएचओ दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन्, ‘कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । विश्वको कुनै पनि देश यसस्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ ।’

आपतकालीन जोखिम व्यवस्थापनको सबलीकरण सन् २०१४ देखि विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको उनले बताइन् । यस क्षेत्रका ६ वटा देशलाई प्रभावित बनाएको महाप्रकोप, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामी पश्चात यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको छ ।

कोभिड–१९ महामारी शुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए । यसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap