स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमालले धनगढीलाई पाँच वर्षमा मुलुककै सुन्दर,नमुना शहर बनाउने मुख्य एजेण्डा घोषणा,


लेखक : सुन्दराञ्चल      बैशाख ९, २०७९ मा प्रकाशित     
स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमालले धनगढीलाई पाँच वर्षमा मुलुककै सुन्दर,नमुना शहर बनाउने मुख्य एजेण्डा घोषणा,

धनगढी,९ वैशाख  ।  धनगढी उपमहानगरपालिको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमाले हाम्रो धनगढी,हामी बनाउँछौ भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्ष वर्षका लागि गरिने मुख्यमुख्य काम तथा मुख्य योजनाहरू सार्वजनिक गरेका छन्।

शुक्रवार पत्रकार सम्मेलन गर्दै भष्टाचार नियन्त्रण र पारदर्शाी सेवा प्रवाह गर्न आफूलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन गरी उपमहानगरपालिकालाई भ्रष्टाचार,लोककल्याणकारी,स्वच्छ,सुन्दर र समृद्धि नमुना शहर बनाउनमा योगदान दिनमा सबैमा आग्रह गरेका छन् । भने धनगढी सहरको फोहरमैला व्यवस्थापनका लागि वैज्ञानिक बिधि उपनाइने,वृक्षरोपणलाई विशेष महत्व दिई धनगढी उप महानगरलाई हराभरा, सुन्दर बनाउने आफ्नो पहिलो प्राथामिक्ता रहने बताए ।

उनले धनगढीलाई आगामी पाँच वर्षमा मुलुककै सुन्दर,समुन्नत र नमुना शहर बनाउने मुख्य एजेण्डामा राखेका छन् । हमालले धनगढी उपमहानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त, बनाइनेदेखि लिएर धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पु¥याउने लगायतका एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।

आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता,गाडी,इन्धन, यातायात,होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

यस्ता छन् आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू

 

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap