स्याली नदीको कटानले कञ्चनपुरको मरघटैया उच्च जोखिममा


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
स्याली नदीको कटानले कञ्चनपुरको मरघटैया उच्च जोखिममा

कञ्चनपुर १ भाद्र  शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ। नदीले जग्गा कटान गर्न थालेपछि १७ परिवार जोखिममा परेका छन्। लगातार भइरहेको वर्षाका कारण नदीमा बहाव बढेपछि जग्गा कटान तीव्र बनाएको हो। हालसम्म नदीले आठ परिवारको झण्डै दुई बिघा बढी जग्गा बगाई बगरमा परिणत गरेको छ। स्थानीयवासी सोमलाल रानाले धान रोपेको पाँच कठ्ठा जग्गा बाढीले बगाएको बताए। “नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान लगातार बढ्दो रूपमा रहेको छ”, उनले भने, “स्वामित्वको एक बिघा जग्गामध्ये आधा जग्गा नदीले बगाइसक्यो।” यस्तै अवस्था रहे नदीले घरबाससमेत बगाएर लैजाने अवस्था छ। वर्षात् हुने एक महिना अझै बाँकी रहेकाले लगातारको नदीले जग्गा कटान गर्दा बस्तीका बासिन्दा सुरक्षित बासस्थानको खोजीमा जुटेका छन्। बस्ती नै नदीको उच्च जोखिममा रहेकाले परिवार जोगाउने चुनौती आइपरेको क्षेत्रबहादुर चौधरीले बताए। “जग्गा नदीको बाढीले लगातार कटान गर्न थालेको छ”, उनले भने, “अझै वर्षा भए नदी बस्तीसम्म नै आइपुग्ने खतरा बढेर गएको छ। नदीले बेघर बनाउने अवस्थामा पुर्‍याउन थाल्यो।”

खेतमा रोपेको धान नदीले जग्गा कटान गरी बगाउन थालेपछि स्थानीय बासिन्दा परिवार पाल्नका लागि अन्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन्। वर्षेनी यस क्षेत्रमा नदीले जग्गा कटान गर्दै आएको छ। वडाध्यक्ष बाले रानाका अनुसार नदीले तीन वर्षको अवधिमै १७ परिवारको झण्डै चार बिघा उब्जाउ जग्गा बगाइसकेको छ। नदीले जग्गा कटान गर्दै आएको क्षेत्र जोगाउनका लागि गत आवमा १५ लाख खर्चेर प्रदेश सरकारको बजेटमा निर्माण गरिएको तटबन्धसमेत बाढीले भत्काइदिएको छ। तटबन्ध निर्माण सन्तोषजनक रूपमा नगरिँदा तटबन्ध निर्माण गरेको दुई महिना नपुग्दै भत्किएको स्थानीय बासिन्दाले बताएका छन्। भरपर्दो तटबन्ध निर्माण गरी बस्ती जोगाइदिनका लागि स्थानीयवासी सम्बन्धित निकायसँग माग गरेका छन्।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap