स्पष्ट नीति नभएसम्म लगानी गर्न सक्दैनौं : व्यवसायी


लेखक : सुन्दराञ्चल      माघ २६, २०८० मा प्रकाशित     
स्पष्ट नीति नभएसम्म लगानी गर्न सक्दैनौं : व्यवसायी

माघ २६,सरकारले लगानीको लागि स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभाको शुक्रबार धनगढीमा उद्घाटनको क्रममा उनीहरुले यस्तो बताएका हुन । लगानीको वातावरण बनाउन सरकारलाई उनीहरुको आग्रह छ । महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । ‘

काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं, उनले भने ।
मुलुक युवाविहीन हुने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष वैद्यले विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति र उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको औंल्याए ।

युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण उपलब्ध गराउन जरुरी रहेको उनको भनाइ थियो ।
यसैगरी, महासंघकै अर्का उपाध्यक्ष हेमराज ढकालले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो अवस्था तत्काल सुध्रिन नसक्ने बताए । उनले भने, यसलाई सुधार्नका लागि बजारलाई चलायमान बनाउन आवश्यक छ । त्यसका लागि सरकारले विशेष पुनर्रोत्थान प्याकेज घोषणा गर्नु पर्दछ । साथसाथै, लगानी सम्मेलन गर्नुपर्दछ ।’
यसैबिच, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार निकाय रहेको उल्लेख गरे । उनले सरकारलाई सफल वा असफल बनाउनमा निजी क्षेत्रको ठुलो भूमिका रहने गरेको उल्लेख गरे ।
प्रदेशमा स्वरोजगारको अवसर सृजना हुनुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकार लगानी तथा विकास सम्मेलन गर्ने तयारीमा जुटेको मन्त्रीको भनाइ थियो । देश विदेशको लगानीलाई यो प्रदेशमा कसरी भित्र्याउने भन्ने सवालमा प्रदेश सरकार गम्भीर रहेको उनले उल्लेख गरे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap