स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिए कर्मचारी, 


लेखक : सुन्दराञ्चल      बैशाख २८, २०७९ मा प्रकाशित     
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिए कर्मचारी, 

धनगढी बैशाख २८,  आशन्न्र बैशाख ३० स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सामग्रीसहित कैलालीका सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी खटेका छन् ।मतपत्रसहित आवश्यक सामग्री लिएर मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र सहयोगीहरु म्तदान केन्द्रतर्फ खटेका हुन ।

मतपत्र र निर्वाचनका लागि आवश्यक ५८ प्रकारका सामग्रीसहित कर्मचारी गन्तव्यतर्फ खटिएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । हरेक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक÷एक जना, दुई जना सहायक, एक जना सहयोगी खटेका मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार मतदान अधिकृत ६१९ जना, सहायक मतदान अधिकृत ६१९ जना, सहायक कर्मचारी एक हजार ८५७ जना र कार्यालय सहयोगी ६१९ जना निर्वाचन केन्द्रमा खटेका छन् । ६१९ मतदान केन्द्र रहेको यो जिल्लामा जम्मा तीन हजार ७१४ जना कर्मचारी निर्वाचन सम्पन्न गर्नका लागि कार्यस्थलमा खटेका छन् ।

हरेक मतदान केन्द्रमा तीन÷तीन जना स्वयम् सेवक पनि राखिनेछ । स्वयम् सेवक राख्नका लागि मतदान अधिकृतलाई पैसा दिएर पठाइएको छ । जिल्लाभरि एक हजार २३८ जना स्वयम् सेवक राखिनेछ । एक मतदान केन्द्रमा तीन जना स्वयम् सेवक रहनेछन् । स्वयम् सेवकसमेत गरेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि कैलालीमा चार हजार ९५२ जना कर्मचारी खट्नेछन् ।

यसैगरी, सुरक्षाका लागि जिल्लाभरिको मतदान केन्द्रमा सुरक्षाकर्मी पनि व्यवस्थापन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित म्यादी प्रहरी सुरक्षाका लागि खटाइएको हो । निर्वाचन सुरक्षाको व्यवस्था तीन घेरामा गरिनेछ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछ ।

कैलालीमा २३६ मतदान स्थल रहेको छ । जसमध्ये ५२ मतदानस्थल अति सम्वेदनशील, ५३ वटा सम्वेदनशील रहेका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बाँकी १३१ मतदान स्थल सामान्य रहेको छ ।

कैलालीमा मतदाता सङ्ख्या पाँच लाख २५ हजार १२५ रहेको छ । यो जिल्लामा महिला मतदाता सङ्ख्या दुई लाख ७९ हजार १०, पुरुष मतदाता सङ्ख्या दुई लाख ५६ हजार १०४ र अन्य मतदाता सङ्ख्या ११ रहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका छन् ।

यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् । कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् ।

यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap