धनगढी, १६ वैशाख , एकाउन्टबिलिटील्याब नेपालको आयोजनामा स्थानीय तहका सुचनामा युवाको पहुँच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुचनामा युवाको पहुँच, सुचना माग्ने तरिका र युवा स्वयंको भूमिकाको बारेमा कार्यक्रम जानकारी गराइएको थियो ।
बिहान ८ बजे देखि होटेल डिभोटिमा सञ्चालन भएको कार्यक्रममा स्थानिय तहले युवाको क्षेत्रमा गरीरहेका कार्यक्रम, गर्नु पर्ने कार्यक्रम, युवाको रोजगारीको अवस्था, लागुऔषध नियन्त्रणका बारेमा र समग्र युवाको विकासका लागि एकाउन्टबिलिटील्याबले र स्थानीयहरुले गरीरहेका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा एकाउन्टबिलिटील्याबका पदाधिकारी, धनगढी उपमहानगरपालिकाका उप-प्रमुख , सुचना अधिकारी लगायतका कर्मचारी, जनप्रतिनिधि, पत्रकार, विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीका साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो।