स्टोक्सको विश्राम


लेखक : सुन्दराञ्चल      साउन १७, २०७८ मा प्रकाशित     
स्टोक्सको विश्राम

लन्डन : इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले क्रिकेटका सबै फरम्याटबाट अनिश्चितकालका लागि विश्राम लिने घोषणा गरेका छन्। स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यको कारण देखाउँदै अनिश्चितकालका लागि विश्राम लिने घोषणा गरेका हुन्।

स्टोक्सले मानसिक स्वास्थ्य लाभ गर्न र चोट लागेको देब्रे हातको औंलाको उपचारका लागि अनिश्चितकालका लागि विश्राम लिएको इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) जनाएको छ। स्टोक्सले भारतविरुद्ध पाँच टेस्टको शृंखला पनि गुमाउने भएका छन्। ३० वर्षीय स्टोक्सको स्थानमा इङ्लिस टोलीमा क्रेग ओभरटनलाई सामेल गराइएको छ।

भारत र इङ्ल्यान्डबीचको पाँच टेस्टको शृंखलाको पहिलो खेल बुधबार नटिङ्घममा सुरु हुँदैछ। ईसीबीले स्टोक्सको निर्णयको सम्मान गर्दै खेलबाट टाढा रहँदा पनि उनलाई निरन्तर सहयोग गर्ने जनाएको छ। ‘बेन स्टोक्सले आफ्नो स्वास्थ्यलाई महत्त्वपूर्ण मानेका छन्। उनको भावना र उनले देखाएको साहसलाई ईसीबी पनि सम्मान गर्दछ’, ईसीबीका प्रबन्ध निर्देशक एसले गिल्सले भनेका छन्, ‘हाम्रा सबै खेलाडीहरूको मानसिक स्वास्थ्यलाई हामीले सदैव प्राथमिकतामा राखेका छौं।’

बोर्डले पछिल्लो समय संसारभर फैलिरहेको कोरोना महामारीका कारण पनि खेलाडीहरू मानसिक स्वास्थ्यको सिकार बनिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

‘हामीले खेलाडीहरूलाई दिनुपर्ने सम्पूर्ण सुविधाहरू दिइरहेका छौं।

खेलाडीले राम्रो प्रदर्शन गर्न सकुन् भनेर सदैव विशेष वातावरण निर्माण गरेका छौं’, ईसीबीका प्रबन्ध निर्देशक एसले गिल्स भन्छन्, ‘तर, पछिल्लो समय संसारभर फैलिएको कोरोना महामारीका कारण पनि खेलाडीहरू मानसिक स्वास्थ्यको सिकार बनिरहेका छन्।’ खेलाडीहरू अहिलेको विषम परिस्थितिमा परिवारसँग समय बिताउन चाहे पनि लगातार प्रतियोगिताहरू भइरहेका कारण परिवारबाट टाढा रहँदा मानसिक स्वास्थ्यमा समस्या देखिएको उनले स्वीकारेका छन्।

पछिल्लो समय स्टोक्स हातको औंलाको उपचार गराइरहेका थिए। त्यही कारण पाकिस्तानविरुद्धको टीट्वेन्टी शृंखलामा उनी सहभागी पनि भएनन्। तर, पहिले नै घोषणा गरिएको इङ्लिस टोलीका केही खेलाडी र कोचिङ स्टाफमा कोरोना संक्रमण देखिएपछि उनको कप्तानीमा इङ्ल्यान्डले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि दोस्रो रोजाइको टोली घोषणा गरेको थियो। इङ्ल्यान्डको दोस्रो रोजाइको टोलीले पनि पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृंखला क्लिनस्विप गरेको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap