सौन्दर्यमा पुरुष हात


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
सौन्दर्यमा पुरुष हात
झन्डै २२१ वर्षअघि र विश्व औद्योगिक क्रान्तिपछि पश्चिमा महिला खुलेरै पेसा/व्यवसायमा लागेका थिए । त्यसताका उनीहरूको जिङ्ग्रिङ्ग परेको केशले काममा बाधा पुर्‍याउन थालेपछि विभिन्न आकार दिई ‘हेयर कट’ सेवा सुरु भएको थियो । अमेरिकाको अमुक घरमा ७ वर्षको उमेरमै सहयोगीका रूपमा कार्यरत मार्था माटिल्डाले आफ्नी मालिक्नीको केश स्याहारमा जादु–कला अपनाएकी थिइन् । कडा सल्फेटयुक्त स्याम्पुका कारण मालिक्नीलाई केश झर्ने, टुक्रिने र रुखो हुने समस्या थियो । माल्थाले बनाएको जडीबुटीयुक्त स्याम्पु र केश तेलले उनको केश लहराउँदो र मुलायम भएपछि यसैलाई उनले आम्दानीको स्रोत बनाएकी थिइन् । त्यही कारणले आधिकारिक एवं व्यावसायिक सौन्दर्यकर्मीका रूपमा माल्थाको नाम लिइन्छ । अर्काको घरमा काम गरी रकम बचत गरेपछि उनले पार्लर खोलेकी थिइन् । यी त महिलाका कुरा भए । सौन्दर्यकर्मीका रूपमा पुरुषले पेसा अपनाउनेमा फ्रान्सका स्याम्पेन प्रथम हुन् । उनले हेयर ड्रेसरका रूपमा पेसा सुरु गरेका थिए । आफ्नै हेयर सलुन खोलेर युरोपेली महिलालाई केश सेवा दिई चर्चित बनेका थिए । उनको आगमनसँगै सौन्दर्य र हेयर कट पेसालाई ‘फेमिनाइन’ भनेर चिनिने भ्रम टुट्यो । नेपालको सन्दर्भमा, छोटो समयमै यो क्षेत्रमा पुरुषको व्यावसायिक सहभागिता उल्लेख्य छ ।अन्तर्राष्ट्र्रिय हेयर एक्सपर्ट नील डेबिड कटवाल कुनै पनि पेसा/व्यवसायमा महिला र पुरुष भनेर विभेद गर्न नहुने बताउँछन् । उनका अनुसार पछिल्लो समय सेना, प्रहरी, पाइलटिङ, इन्जिनियरिङ, खेलकुद आदि क्षेत्रमा महिलाको उपस्थिति बाक्लिँदो छ । ‘विगतमा यी क्षेत्र पुरुषका लागि मात्रै हुन् भनिन्थ्यो’ उनले भने, ‘त्यस्तै, सौन्दर्य क्षेत्रमा पुरुष लाग्दा यो ‘फेमिनाइन’ पेसा भनेर टिप्पणी गरिन्थ्यो । तर, अब त्यो असान्दर्भिक जस्तो लाग्छ ।’ हेयर एन्ड मेकअप एक्सपर्ट राजेश घिमिरेको तर्क नील डेबिडभन्दा फरक छैन । ‘म अत्यन्तै स्वतन्त्र परिवारमा हुर्किएको मान्छे हुँ । सौन्दर्य पेसामा महिला मात्रै हुनुपर्छ भन्ने छैन । कुनै पनि पेसा/व्यवसायमा महिला वा पुरुष भनेर विभेद गर्नु हुँदैन’ उनले भने, ‘आफ्नो सीप, क्षमता, तन–मन र जाँगरबाट कुनै पनि पेसा गर्न सके त्यो सिंगो पेसाको सम्मान पनि हो, आफू आत्मनिर्भर हुँदै अरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्नु पनि हो ।’अर्का मेकअप आर्टिस्ट रमेश पराजुलीले कुनै पनि पेसालाई ‘फेमिनाइन’ र ‘मस्कुलाइन’ भनी वर्गीकरण गर्न नहुने बताउँछन् । उनी प्रतिप्रश्न गर्दै भन्छन्, ‘त्यसो भनेर नेपालका सबै छोरीलाई ब्युटिसियन, एअर होस्टेस, वेट्रेस मात्रै बनाएर राख्ने त ? यसरी कुनै पनि पेसालाई लैङ्गिक दृष्टिले वर्गीकरण गर्नु किमार्थ सुहाउँदैन र गर्न पनि हुँदैन । किनभने हरेक पेसामा समानता जरुरी छ ।’ यसैगरी, हेयर एन्ड मेकअप आर्टिस्ट सकिल कुँवरले ‘समाजले केटा यस्तो, केटी यस्तो हुनुपर्छ’ भनिदिएर समस्या भएको बताउँछन् । सकिल भन्छन्, ‘कतिपय कुरालाई हामी क्लासिफाइड गर्छौं । ‘यो केटाको, यो केटीको काम’ भनेर यत्तिकै भनिदिन्छौं । मलाई डाक्टर हुनै मन छैन, मेरो मन सौन्दर्य पेसामा छ भने म त्यही पेसामा सम्मानित हुन चाहन्छु र हरेक पेसालाई सम्मान पनि दिन चाहन्छु । तन–मनले लाग्यो भने आत्मसम्मान कमाइन्छ ।’ एक जमानामा हलो जोत्न पुरुष नै चाहिन्थ्यो किनभने त्यसमा धेरै बलको जरुरी थियो । तर अहिले प्रविधिले सहज बनाएपछि महिला पनि खेतीपातीमा प्रशस्तै लागेका छन् । चिकित्सक पेसाको कुरा गर्दा ५ वर्षको अवधिमा मानिसको शरीरबारे पढ्ने महिला–पुरुष दुवैले दिमागले गर्ने काम भएको उनको भनाइ छ ।’ हेयर ड्रेसर आवाज लिम्बूलाई काम भन्ने कुरामा महिला र पुरुषले गर्ने भन्ने छुट्याएको मन पर्दैन । कला, क्षमता र इच्छा छ भने जुन काम जसले गर्दा पनि हुने उनको तर्क छ । उनी भन्छन्, ‘सुन्दर बनाउने हो, केटा वा केटी जसले बनाइदिए पनि हुन्छ ।’ केशमै ब्रान्डनील डेबिड कटवालअन्तर्राष्ट्रिय हेयर एक्सपर्ट तथा संस्थापक, नील डेबिड युनिसेक्स सलुन एन्ड एकेडेमी‘म १३ वर्षको हुँदा मेरी ९ वर्षीया भाञ्जीको केश काटेर बिगारिदिएको थिएँ, उनी रोएको अझै झल्झली याद आउँछ’ नील डेबिड कटवाल भन्छन्–‘केशसँग खेल्ने मेरो बच्चैदेखिको शोख हो । सुरु–सुरुमा गाउँघरतिर के आइमाईले गर्ने काम गरेको लाजै मर्नु भन्ने गर्थें तर आज यही पेसाले सम्मान मिलेको छ ।’नेपालमा २५ वटा सलुन र ४ वटा एकेडेमी तथा भारतमा २५ वटा सलुन र ५ वटा एकेडेमी सञ्चालनमा ल्याइसकेका नील भारतको महाराष्ट्र, पुने, हैदरावाद, जम्मु–कश्मिरमा गरी ४ ठाउँमा सलुन र एकेडेमी खोल्ने तयारीमा छन् । त्यति मात्रै होइन यिनले आफ्नो ब्रान्डलाई अमेरिका, चीन, जापान, बेलायत, अस्ट्रेलिया र दुबईसम्म फैलाउँदैछन् ।झापाको लक्ष्मीपुरमा जन्मिएका नीलले आज भारतको सौन्दर्य बजारमा समेत नेपाली ब्रान्डलाई ‘टप–टेन’ भित्र पारेका छन् । भारतमा धेरै फ्रेन्चाइज बेच्ने सौन्दर्य कम्पनीमध्ये नील डेबिडको दश उत्कृष्टभित्र परेको हो । उनले भारतबाट ‘इन्स्पायरिङ हेयर स्टायलिस्ट अफ २०१९’ पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । त्यस्तै, अगस्तमा हुने एमएस टल्क इन्डिया अवार्ड पनि यिनकै हातमा पर्दैछ ।नेपालीहरू पढाइ, व्यवसाय वा रोजगारीका सिलसिलामा बिदेसिने गरेकाले ग्लोबल मार्केटमा वृद्धि हुँदै गएको छ । यो कारण नेपालीहरू ब्युटी र फेसनमा बढी सजग र सचेत हुँदै गएको नीलको धारणा छ । ‘सौन्दर्यमा मात्रै होइन मान्छेको लिभिङ स्ट्यान्डर्ड नै बढेको छ । पछिल्लो समय त महिला–पुरुष समान रूपमा व्यावसायिक बन्दै गएका छन् । हामी चलचित्र खेल्ने, मोडलिङ गर्नेलाई मात्रै होइन हरेक क्षेत्रमा काम गर्नेहरूलाई सेलिब्रेटीका रूपमा चिन्न थालेका छौं’ उनी भन्छन्, ‘यो सब सामाजिक सञ्जालको कमाल पनि हो । हाम्रो व्यवसायलाई केही हदसम्म सञ्जालले सघाएकै छ ।’ नीललाई सुरुदेखि नै यो पेसालाई नेपालमा सम्मानित पेसाका रूपमा स्थापित गर्न योगदान गर्छु भन्ने दृढता थियो । त्यसैले उनले कसैको प्रतिक्रियालाई वास्ता नगरी निरन्तर अगाडि बढिरहे । ‘नारीले गर्ने भनिएको पेसा अपनाएकाले पनि हुनसक्छ नारीहरूप्रति अगाध सम्मान र प्रेम छ’ उनले भने, ‘नील डेबिड ब्रान्डद्वारा संसार भर नेपाल चिनाउने रहर छ । साथै सन् २०२३ सम्म नेपाल र भारतका गरिब, विपन्न र कमजोर आर्थिक स्थिति भएका २ सय जनालाई वार्षिक रूपमा निःशुल्क हेयर तथा ब्युटीको तालिम दिने योजनामा छु । त्यसबाहेक सन् २०२५ सम्म १५ हजारलाई तालिम र ५ हजार रोजगारी दिने मेरो लक्ष्य छ ।’ नीलले भर्खरै नयाँ ब्रान्ड ‘केश’ बजारमा ल्याएका छन् जसको नेतृत्व उनका छोरा ड्यानियल डेबिड कटवालले गरिरहेका छन् ।नीललाई लाग्छ…सौन्दर्य : सुन्दरता भित्रैबाट हुनुपर्छ, बाहिर भनेको कसरी आफूले आफूलाई क्यारी गरिन्छ भन्ने कुरा हो । मेरो बुझाइमा सौन्दर्यले आत्मविश्वास बढाउँछ ।अहिलेसम्मको उपलब्धि : एउटा सानो गाउँमा जन्मिएको केटो म आज यही व्यवसायका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट धेरै व्यक्तिको माया र सम्मान पाइरहेको छु ।योगदान : हेयर एकेडेमीमार्फत धेरैलाई सीप बाँडेको छु । दक्ष जनशक्ति उत्पादन गरिरहेको छु । हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छु ।यो पेसामार्फत पाएको : नाम र प्रतिष्ठा ।प्रेरणा : मेरा ब्रिटिस गडफादर डेबिड भाइनल, मेरा स्व. पिता कृष्णबहादुर कटवाल र मेरी आमा तुलसा कटवाल ।आगामी योजना : नील डेबिड र केश ब्रान्डलाई संसारभर फैलाउने । आफैंलाई जतन गर्नु सौन्दर्यसकिल कुँवर (ब्लिस बाइ सकिल कुँवर)उद्यमी, हेयर एन्ड मेकअप आर्टिस्ट ।सिंगापुरमा जन्मे–हुर्केका सकिल कुँवर १७ वर्षको उमेरमा नेपाल फर्के । लाहुरे बुवा पदमबहादुर कुँवर र तिथिसारा कुँवरका कान्छा छोरा सकिलका साना औंला उतिबेला पनि आमा दिदीबहिनीको केशमा चल्थे । उही बेलादेखि उनलाई यसतर्फ रुचि थियो, त्यसो त उनी सानैदेखि आर्टमा दख्खल भएका व्यक्ति हुन् । उनको परिवार/खानदानमै यो व्यवसायमा लाग्ने उनी मात्रै हुन् । यसलाई पेसा बनाउनुअघि उनको रुचि मात्रै थियो । पछिल्लो समय यसलाई ब्रान्ड बनाउन सकेकोमा उनी खुसी छन् । उनी सौन्दर्य क्षेत्रमा लागेको १२ वर्ष भयो । सकिल भन्छन्, ‘४० जनाभन्दा बढी मसँग जोडिएर काम गरिरहेका छन् । कामबाट हामी सबै सन्तुष्ट छौं । सफलताको सीमा हुँदैन । यसलाई निखार्दै लैजाने हो भने सफलता समयसँगै चुलिँदै जान्छ ।’सकिललाई मानसिक सन्तुष्टि जरुरी भएजस्तो लाग्छ । पहिलो लकडाउनपछि उनले धेरै हिम्मत जुटाएर, ‘मिस युनिभर्स नेपाल’ को ‘नेसनल’ र ‘इन्टनेसनल पेजेन्ट प्रिपरेसन’ गरे । यो क्रममा उनलेआफ्नो मानसिक र इमोसनल हेल्थमा पनि ध्यान दिए । उनका अनुसार असल र दक्ष व्यावसायिकताका लागि दिमाग र आत्मा स्वस्थ हुनुपर्छ । नेपालमा नजन्मिएका कारण नेपाली बोल्न नसक्ने सकिल जुन ठाउँमा बस्यो भाषालाई सोहीअनुसार सम्मान गर्नुपर्ने बताउँछन् । बम्बईमा काम गर्दा यहाँको टिमलाई उतैबाट निर्देशन दिन्थे ।सकिललाई प्रश्नसौन्दर्य के हो ?सौन्दर्य विविधतासँग जोडिएको विषय हो, हरेक मान्छेमा सौन्दर्यका फरक–फरक आयाम हुन्छन् । म सानै हुँदा मेरी मम्मी, दिदी–बहिनीसँग घुलमिल हुँदा सौन्दर्यलाई त्यसरी पनि बुझ्थें । आफूले आफैंलाई प्रेम गर्नु सौन्दर्य हो । सेल्भ लभबाट सेल्फ कन्फिडेन्स, सेल्फ अवेरनेस, सेल्फ रेस्पेक्ट आउँछ, यसले सौन्दर्यलाई झल्काउँछ । सेतो कोमल छाला, सिल्की केशले मात्रै सोन्दर्य झल्किने होइन । आफूले आफैंलाई जतन गर्नुलाई सौन्दर्य भनिन्छ । केश ट्रिटमेन्ट, फेसियल, मेनिक्योर र पेडिक्योर भनेको आफूलाई जतन गर्नु हो । यी सबै सौन्दर्यअन्तर्गत नै आउँछन् ।मस्कुलिन पेसाबारे भनिदिनुस् न ?हाम्रो समाजले केटा यस्तो, केटी उस्तो हुनुपर्छ भनिदिएको छ । यसरी नै दिमागमा भरिदिँदै आएको छ । कतिपय कुरा हामीले क्लासिफाइड गर्छौं–यो केटाको, यो केटीको काम भनेर यत्तिकै भनिदिन्छौं । मलाई डाक्टर हुनै मन छैन, मेरो मन सौन्दर्य पेसामा छ भने म त्यही पेसामा सम्मानित हुन चाहन्छु । म हरेक पेसालाई सम्मान गर्न चाहन्छु । सेल्फ रेस्पेक्ट आफैं कमाउँदै जाने हो । कुनै पनि पेसामा तनमनले लाग्यो भने आत्मसम्मान कमाइन्छ ।सौन्दर्य क्षेत्रमा लाग्ने पुरुषको हाउभाउ किन महिलाको जस्तै हुन्छ ?म पुरुषजस्तै भएर बोल्यो भने उनीहरूले के फिल गर्लान् ? मेकअप गर्दा उनीहरूको ढाड, छातीमा समेत मेरो हात गइरहेको हुन्छ । उनीहरूसँग डिल गर्दा सहज रूपमा प्रस्तुत हुन आवश्यक हुन्छ । त्यसका लागि म त्यस्तै बोली र हाउभाउ प्रदर्शन गर्छु ।जीवनमा तपाईंका उपलब्धिहरू के–के हुन् ?यो प्रश्न एकदमै कठिन लाग्छ । मैले धेरैभन्दा धेरै कुरा सिक्न र गर्न बाँकी छ । मेरो भित्री आत्मालाई बल्ल चिन्दैछु, यो ठूलो कुरा हो मेरा लागि । ब्लिस बाइ सकिल कुँवरमा म, मेरो बुवा अन्य ४० जनाले मेरो इच्छालाई ‘हाम्रो इच्छा’ बनाएका छौं । यसैमार्फत अन्य व्यक्तिलाई प्रेरणा दिन सकें भने यही नै मेरो उपलब्धि हुनेछ ।सकिलसँग छोटोमीठोवेल मेन्टेन : सबै जना उत्तिकै मेन्टेनमा छन् तर, यहाँ भन्नैपर्ने भएकाले सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठको नाम मानसिक र भावनात्मक स्वास्थ्यमा समेत जोडेर लिन चाहन्छु ।सामग्री : हेयर ब्रस ।कसलाई मेकअप गर्न मन छ : कंगना रनावतलाई । मलाई उनको फिल्ममा काम गर्ने मन छ ।अहिलेसम्म पाएको प्रतिक्रिया : राम्रो काममा अत्यन्तै संवेदनशील र गम्भीर छ भन्छन् । नराम्रोमा धेरै रिसाउँछ भन्छन् ।योगदान : यो क्षेत्रमा आफूसँग भएको ज्ञान बाँड्न सकें र आफ्नो क्षमतालाई चिन्न सकें ।अवार्ड : धेरै माया ।तालिम : १५ वर्षको उमेरमा शान ब्युटी होममा, १६ वर्षको उमेरमा दिल्लीको भिएलसीसीमा गएँ । २४ वर्षमा सिंगापुर किमेज एकेडेमीबाट र २५ वर्षमा बी ब्लन्ड एकेडेमीबाट तालिम लिएँ ।यो व्यवसायमा लागेर : ‘गर्न सक्छु भन्ने कुरा सोचमा मात्रै सीमित नभई, वास्तविकतामै अरूले समेत देख्ने गरी गर्न सक्ने रहेछ’ भनेको सुन्न पाएँ । सम्मानित पेसा सौन्दर्य राजेश घिमिरेहेयर एन्ड मेकअप एक्सपर्ट, द आर्डेन ब्युटी स्टुडियोझापा शिवगञ्जका शिक्षक होमनाथ र राधादेवी घिमिरेको परिवार निकै खुला विचारधाराको थियो । उनीहरूका चार सन्तानमध्ये राजेश कान्छा हुन् । सानैदेखि राजेशलाई पेन्टिङमा बढी रुचि थियो, यसमा उनी निकै रमाउँथे । रमाइलोसँग आफ्नो बाल्यकाल बितेको बताउने राजेशले महेन्द्र मोरङ क्याम्पसबाट अर्थशास्त्रमा स्नातक गरे । २००४ मा काठमाडौं छिरेपछि उनलाई विदेश जाने मोह बढ्यो । ‘विदेश जानका लागि आफूसँग कुनै न कुनै सीप त हुनुपर्‍यो भनेर सयाममा सौन्दर्य सिक्न गएँ’ राजेशले भने, ‘त्यसपछि यो पेसामा रस पस्दै जान थाल्यो, त्यतिले चित्त नबुझेर सन् २००४ मा थप अध्ययनका लागि भारत गएँ । भारतबाट सिकेर नेपाल फर्किएपछि हेयर स्टाइलिस्टका रूपमा ह्यातमा काम गर्न थालें । त्यसपछि यो व्यवसायलाई यही बसेरै सम्मानित पेसा बनाउन सकिन्छ भन्ने हिम्मत बढ्यो ।’ केही समय ह्यातमा काम गरिसकेपछि उनले आफ्नै सलुन खोले । सन् २००८ मा ब्राइडल मेकअप कम्पिटिसनमा ५० हजार नगदसहित प्रथम पुरस्कारद्वारा पुरस्कृत भएपछि उनलाई अब यही व्यवसायलाई गम्भीरताका साथ लिनुपर्छ भन्ने महसुस हुन थाल्यो । लगत्तै उनी हेयर मेकअपसम्बन्धी थप अध्ययनका लागि थाइल्यान्ड पुगे ।‘नेपालमा हरेक क्षेत्रमा सुनौला अवसर छन्, बजारमा जे छैन त्यसलाई फलो गर्नुपर्छ’ राजेशले भने, ‘व्यावसायिकता फलो गरे सफल भइन्छ । त्यसमा ग्राहकलाई नयाँ कुरा दिन सक्ने हो भने त अझ सुनमा सुगन्ध हुन्छ । कुनै पनि कामलाई वैज्ञानिक ढंगले व्यावसायिकता दिन सकियो भने पछाडि फर्केर हेर्नै पर्दैन ।’ उनी यो क्षेत्रमा गहन अध्ययन गरी आफूलाई निखार्दै र तिखार्दै आएका छन् । यसमा उनी काम मात्रै गर्दैनन् रिसर्च पनि गर्छन् ।राजेश भन्छन्सुन्दरता : आत्मसन्तुष्टिले सुन्दरता बाहिर ल्याउँछ ।सौन्दर्य : सौन्दर्यले आत्मविश्वास बढाउँछ । सौन्दर्यले हरेक व्यवसायमा सहयोगी भूमिका खेलेको छ ।मन पर्ने औजार : कैंची ।कसको मेकओभर गर्ने मन छ : भारतीय नायिका कंगना रनावत ।यो पेसामार्फत पाएको : मेरो कामलाई मन पराएर पाएको प्रतिक्रियाबाट मिल्ने आत्मसन्तुष्टि ।वेल मेन्टेन सेलिब्रेटी : धेरै छन् तर भन्नैपर्दा भवानी राणा, स्नेहा राणा र आयुषा कार्की ।आगामी योजना : यस क्षेत्रमा अझ नवीन र पृथक् काम गर्दै जाने । सौन्दर्य नै आत्मविश्वासरमेश पराजुलीमेकअप आर्टिस्ट तथा संस्थापक, दि भान युनिसेक्स सलुनदुबई र नेदरल्यान्डबाट मेकअपमा प्रशिक्षित रमेश पराजुली सात वर्षयता यो पेसा/व्यवसायमा सक्रिय छन् । यो पेसालाई नजिकबाट बुझेका उनले विदेशमा हेयर एन्ड ब्युटीका डेभलपरहरूसँगै बसेर काम गर्थे । उनी भन्छन्, ‘विदेशमा यो व्यवसायप्रतिको प्रतिष्ठा र सम्मान नै फरक छ । नेपालमा पनि बिस्तारै यसको आयाम फेरिँदै गएको छ । पछिल्लो समय नेपालमा पनि यसलाई सम्मानित पेसाका रूपमा अपनाइँदै छ ।’झापा चन्द्रगढीका रमेशलाई सानैदेखि केही फरक गर्ने मन थियो । उनी सिर्जनशील काममा रुचि राख्थे । उनलाई त्यतिबेला नै लाग्थ्यो–कुनै पनि कामलाई काम मात्रै भनेर गर्नुपर्छ । रमेश भन्छन्, ‘कामलाई क्लासिफाइड गरिनुहुन्न । मलाई आइमाईले गर्ने जस्तो काम पनि गरेको भन्नेहरू धेरैलाई मैले भनिदिएको छु । उसो भए तिम्रा छोरीलाई पनि डाक्टर नपढाओ ।’ दुई छोरीका बुवा रमेशको सोच फराकिलो छ । उनी आफ्ना छोरीलाई सौन्दर्य पेसामै लागून् भन्ने दबाबमा राख्न चाहँदैनन् । सौन्दर्यलाई ब्राण्डेड व्यवसाय बनाएका रमेश यो क्षेत्रमा आफू निकै रमाएको बताउँछन् । ‘नेपालमा ब्रान्ड स्थापना गरी रोजगार प्रदान गर्न सक्नुलाई मैले उपलब्धिका रूपमा लिएको छु,’ रमेशले भने, ‘गुणस्तरीय सेवा खोज्दै विदेश जानेहरूका कारण नेपालको ठूलो पैसा उता गएको थियो । त्यो नेपाली पैसा अहिले नेपालमै रोकिएको छ र यसको पारदर्शी ढंगले कर तिरिरहेका छौं । हामीले सौन्दर्यलाई व्यावसायिक रूपमा अघि बढाउन सफल भएकाले थोरै भए पनि युवापुस्ता बिदेसिने क्रम पनि केही हदसम्म रोकिएको छ ।’फिचर फिल्म आमा तथा घर, कमेडी च्याम्पियन, डान्सिङ विथ स्टारलगायत अन्तर्राष्ट्रिय सिरिज आई एम ट्वान्टी वान र अस्ट्रेलियन टिभी शो हल अफ फ्रेममा समेत काम गरिसकेका रमेशले हालसम्म राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा सेलिब्रेटीलाईआफ्नो कलाले सिंगारिसकेका छन् । साथै उनले नेपालका अन्य सहरहरूमा समेत ‘दि भान को फ्रेन्चाइज’ खोल्दैछन् ।रमेशको धारणासौन्दर्य : झलक्क राम्रो देखाउनु मात्रै सौन्दर्य होइन । सौन्दर्यले आत्मविश्वास पैदा गर्छ । सौन्दर्य देखिने भन्दा पनि महसुस गर्ने चीज हो ।हालसम्म पाएको उत्कृष्ट कम्प्लिमेन्ट : मेरो कामसँग धेरै जना सन्तुष्ट भएको प्रतिक्रिया पाउने गरेको छु ।गाली पाएको : अनुभव छैन ।यो पेसामार्फत पाएको : नाम, दाम, इज्जत, प्रतिष्ठा र सम्मानसौन्दर्य पेसा : ८० प्रतिशत स्वास्थ्यसँग जोडिएको छ ।आगामी योजना– ‘दि भान’ को शाखा बिस्तार र रोजगार प्रदान । सौन्दर्य : सुनमा सुगन्धआवाज राईहेयस ड्रेसर, प्लस सलुन एन्ड मेकअप एकेडेमीझापा बाहुनडाँगीका आवाज राई नौ वर्षयता सौन्दर्य क्षेत्रमा कार्यरत छन् । उनी भन्छन्, ‘म त सानैदेखि गाउँघरमा केश काटी दिन्थें । मेरो परिवारमा यो व्यवसायमा अरू कोही छैनन् ।’ उनलाई लाग्छ राम्रो बनाइदिने काम महिला वा पुरुष जसले गरे पनि केही फरक पर्दैन । दक्षिण भारतमा यससम्बन्धी सीप सिकेर प्रसिद्ध ब्रान्ड टोनी एन्ड गाइजको दक्षिण भारतमा रहेको सलुनमा काम गरेका आवाजको औंला केशमा द्रुत गतिमा चल्छन् । उनलाई केश काट्न, स्टायल दिन खुब मन पर्छ । आफूलाई अझ सिकारु नै बताउने आवाजको सीप हेर्दा उनी प्रखर लाग्छन् । ग्राहकको सन्तुष्टिलाई आफ्नो उपलब्धि ठान्ने राई यो क्षेत्रमा लागेर आफूले नाम, प्रतिष्ठा कमाउनुका साथै आर्थिक रूपमा पनि सबल भएको बताउँछन् । उनी भन्छन्, ‘नेपालको परिप्रेक्ष्यमा पुरुषले पनि यो क्षेत्रमा राम्रो कला पस्किन सक्छन् र पुरुषका लागि पनि यो व्यवसाय राम्रो छ भन्ने सोच परिवर्तन गर्न सकेकोमा खुसी छु ।’‘प्लस ब्युटी सलुन’ मा उच्च गुणस्तरीय प्रसाधनद्वारा सेवा प्रदान गर्न सकिने भएकाले ग्राहक एकपटक आए पनि फेरि नछुटाउने गरेको उनको अनुभव छ ।आवाजको विचारसौन्दर्य : सुनमा सुगन्ध थप्ने कला ।हालसम्म पाएको उत्कृष्ट कम्प्लिमेन्ट :धेरै ग्राहकले कस्तो गुणस्तरीय सेवा भन्छन् ।गाली पाएको : भर्खर कामको सुरुवात गर्दा ।यो पेसाका कारण पाएको : नाम, दाम र इज्जत ।सौन्दर्य पेसा : आत्मसन्तुष्टि ।आगामी योजना : अझ धेरै सिक्ने ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap