सोमबार सेती प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि, एकको मृत्यु


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
सोमबार सेती प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

धनगढी,२५ साउन । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १६७ नमूनाको परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १४२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ३ जना अस्पतालमा भर्ना भएका छन्।भने, ३ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा २२जना संक्रमित उपचाररत छन्।

अस्पतालमा २ जना भेन्टिलेटर, ४ जनाको आसीयुमा उपचार भइरहेको छ भने ६ जनाको अक्सिजनको सर्पोटरमा उपचार भइरहेको छ । यस्तै १२ जनाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको जोशीपुर गाँउपालिका २ का २८ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap