सोमबार सेती प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि, एकको मृत्यु


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
सोमबार सेती प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

धनगढी,२५ साउन । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १६७ नमूनाको परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १४२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ३ जना अस्पतालमा भर्ना भएका छन्।भने, ३ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा २२जना संक्रमित उपचाररत छन्।

अस्पतालमा २ जना भेन्टिलेटर, ४ जनाको आसीयुमा उपचार भइरहेको छ भने ६ जनाको अक्सिजनको सर्पोटरमा उपचार भइरहेको छ । यस्तै १२ जनाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको जोशीपुर गाँउपालिका २ का २८ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap