सोभान गड्सेरा होटलबाट २ ग्राम खैरो हेरोइनसहित एक युबक पक्राउ


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
सोभान गड्सेरा होटलबाट २ ग्राम खैरो हेरोइनसहित एक युबक पक्राउ

धनगढी,८ असाेज । कैलालीमा प्रहरीले लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेका धनगढी उपमहानगरपालिका–४ रातो पुल बस्ने ३७ वर्षीय बिरेन्द्र खडका रहेका छन्।

उनलाई कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया पहाड रोडस्थित सोभान गड्सेरा होटलबाट २ ग्राम खैरो हेरोइनसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारेको हो। घटनाको  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap