सेलेना गोमेज बनिन् कान्छी अर्बपति


लेखक : सुन्दराञ्चल      भदौ २२, २०८१ मा प्रकाशित     
सेलेना गोमेज बनिन् कान्छी अर्बपति

काठमाडौं  भदौ २२, ३२ वर्षिया पपस्टार तथा अभिनेत्री सेलेना गोमेज अर्बपति बनेकी छन् । ब्लुमबर्गको विवरणअनुसार सौन्दर्य प्रशाधन उत्पादन गर्ने ‘द रेयर ब्युटी’ कम्पनीको संस्थापक समेत रहेकी गोेमेजको अनुमानित सम्पत्ति १.३ बिलियन अमेरिकी डलर पुगेको छ ।

योसँगै उनी अमेरिकाको कान्छी अर्बपतिमध्ये एक बनेकी छिन् । उनको आम्दानी सो ब्राण्डमा आधारित छ जसलाई गोमेजले सन् २०१९ मा स्थापना गरेकी थिइन् । यसमा उनको कूल सम्पत्तिको ८० प्रतिशत हिस्सा छ ।पछिल्लो १२ महिनामा यो ब्राण्डले ४०० मिलियन डलरको सामान विक्री गरेको छ । उनको कूल सम्पत्तिमा मानसिक स्वास्थ्यबारेको स्टार्टअप, संगीत एल्बम बिक्री, स्ट्रिमिङ सम्झौता, ब्राण्ड साझेदारी, कन्सर्टको टिकट र अभिनयबाट प्राप्त हुने पारिश्रमिक समावेश छ ।

गोमेज अन्तिम पटक सन् २०१६ मा सांगीतिक विश्व भ्रमणमा निस्किएकी थिइन् । पछिल्लोपटक सन् २०२० मा उनको एल्बम ‘रेयर’ रिलिज भएको थियो । उनी अहिले फिल्म अभिनयमा ब्यस्त छिन् ।उनी अहिले हुलुको कमेडी श्रृंखला ‘ओन्ली मर्डर्स इन द बिल्डिंग’ अभिनयकोे लागि एमी पुरस्कारमा मनोनित छिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap