सेना, प्रहरी, कैदीको मतदाता नामावली संकलन


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७९ मा प्रकाशित     
सेना, प्रहरी, कैदीको मतदाता नामावली संकलन

असोज ६,   प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालिएको हो ।

सर्वोच्चले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न भनेको थियो । तर, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ । ती मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फ भने मतदान गर्न पाउने छैनन् ।

निशान्त पोखरेलसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले निर्वाचन आयोगलाई मतदाता नामावली ऐन २०७३ को दफा ३० ९१० र ९२० को अस्थायी मतदाता नामावलीको व्यवस्था कार्यान्वयन गर्न र अस्थायी मतदाता नामावली संकलन गरी मतदानको अधिकार दिन आदेश दिएको हो ।रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap