सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्ने बिरामीको संख्या बढ्दै


लेखक : सुन्दराञ्चल      कार्तिक २८, २०८१ मा प्रकाशित     
सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्ने बिरामीको संख्या बढ्दै

कैलाली-कार्तिक २८, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्ने बिरामीको संख्या बढ्न थालेको छ ।

२० वटा मेसिनबाट सेवा दिइरहेको अस्पतालमा दैनिक ५० जना बिरामी डायलासिस गर्न आउने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले निशाना न्युजलाई जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको साउनदेखि असोज सम्ममा ५ सय ५७ जनाले डायलासिस सेवा लिएको बताए । सेवा लिनेमा २ सय १५ महिला र ३ सय ४२ जना पुरुष रहेको उनले बताए ।

आर्थिक वर्ष २०८०/२०८१ मा ३ सय ६८ जनाले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा २० बेडबाट डायलासिस सेवा दिएको डायलासिस इन्चार्ज सुनिता रानाले बताइन । ५ वटा सेरोपोजेटिभ डाईलासिस मेसिन हुनाको साथै १ इमेर्जेन्सी मेसिन छुट्याइएको उनले बताइन ।

त्यस्तै सेरोपोजेटिभ मेसिन र रिकभरी मेसिन पनि छुट्याइएको उनले बताइन । ‘बिरामीले हप्ताको २ पटक डायलासिस गर्न आउनु पर्ने हुन्छ’ उनले भनिन् ‘हामीले बिरामीको उपचार डाक्टरको सल्लाह तथा सुझाव अनुसार मात्र गर्ने गरेका छौँ ।।’ राम्रो सेवा  दिइरहेको तथा बिरामी पनि खुशी हुने गरेको उनको भनाइ छ । किड्नीको अन्तिम अवस्थाका बिरामीले डायलासिस सेवा लिने गर्दछन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap