सेती प्रादेशिक अस्पतालमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
सेती प्रादेशिक अस्पतालमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, २९ भाद्र । सेती प्रादेशिक अस्पतालमा मंगलबार गरिएको कोरोना परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनाको नमूना परिक्षण गर्दा  २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै १३३ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल सेती अस्पतालमा १५ जना कोरोना संक्रमित उपचाररत रहेको छ । जसमध्ये ७ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap