सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए ।

प्रादेशिक अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये पाँचजना आईसीयू र पाँचजना जनरल वार्डमा उपचाररत छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap