सेती प्रयोगशालामा ४८ जनामा कोरोना पुष्टि


लेखक : सुन्दराञ्चल      साउन ११, २०७८ मा प्रकाशित     
सेती प्रयोगशालामा ४८ जनामा कोरोना पुष्टि

धनगढी,११ साउन । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४८ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ । उक्त प्रयोगशालामा २६९ नमूनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २२१ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् भने थप ४ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २४ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना आईसीयू, १३ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने ८ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap