सेती प्रयोगशालामा बुधबार गरिएको कोरोना परिक्षणमा २ जनामा संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
सेती प्रयोगशालामा बुधबार गरिएको कोरोना परिक्षणमा २ जनामा संक्रमण पुष्टि

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार  थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ४४ जनामा कोरोना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि हो ।यस्तै ४२ जनाको  रिपोर्ट निगेटिभ आएको छ ।

अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये २ जना आइसियुमा उपचार भईरहेको छ । त्यस्तै , आज अस्पतालमा कुनै पनि नयाँ बिरामी भर्ना भएका छैनन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap