सेती प्रयोगशालामा बुधबार १३७ जनाको कोरोना परीक्षणमा १७ मा संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      साउन १३, २०७८ मा प्रकाशित     
सेती प्रयोगशालामा बुधबार १३७ जनाको कोरोना परीक्षणमा १७ मा संक्रमण पुष्टि

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उक्त प्रयोगशालामा १३७ नमूनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै १२० जनाको रिपोर्ट निगेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा २० जना संक्रमित उपचाररत छन्।
जसमध्ये ३ जना आईसीयू, ११ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने ६ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap