सेती प्रयोगशालामा बुधबार १३७ जनाको कोरोना परीक्षणमा १७ मा संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      साउन १३, २०७८ मा प्रकाशित     
सेती प्रयोगशालामा बुधबार १३७ जनाको कोरोना परीक्षणमा १७ मा संक्रमण पुष्टि

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उक्त प्रयोगशालामा १३७ नमूनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै १२० जनाको रिपोर्ट निगेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा २० जना संक्रमित उपचाररत छन्।
जसमध्ये ३ जना आईसीयू, ११ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने ६ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap