कैलाली – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको कोरोना परिक्षण बुधबार २९ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ११७ जनाको नमूना परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ८८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा ८ जना नयाँ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन्।
हाल अस्पतालमा २७ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ४ जनाको आइसियुमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।