सेती अस्पताल लाई आर्थीक वर्ष भित्रमा २ सय शैयाँको अस्पतालमा स्तर वृद्धि गर्ने ः सामाजिक विकास मन्त्री साउँद


लेखक : सुन्दराञ्चल      पुस १४, २०८० मा प्रकाशित     
सेती अस्पताल लाई आर्थीक वर्ष भित्रमा २ सय शैयाँको अस्पतालमा स्तर वृद्धि गर्ने ः सामाजिक विकास मन्त्री साउँद

प्रदेश सरकारले सेतीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर अस्पतालको स्तरवृद्धि गर्ने भएको छ । सेती अस्पताल लाई यो आर्थीक वर्ष भित्रमा २ सय शैयाँको अस्पतालमा स्तर वृद्धि गर्ने सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बताउनु भयो । साथै उहाँले यो आर्थिक वर्षभित्र सेती प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने बताउनु भएको हो ।
‘सेती अस्पतालमा जनशक्ति अभाव रहेको अवस्था छ । सबै अस्पतालहरूको स्तरवृद्धि हुनुपर्छ भन्ने मेरो मान्यता छ’, मन्त्री साउँदलेभन्नुभयो । े, ‘यो आर्थिक वर्षमा सेती प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अवश्य बन्छ । त्यसपछि जनशक्ति अभावको समस्या समाधान हुनेछ ।’ प्रदेश सरकार मातहतका जिल्ला अस्पतालको क्षमता ५० बढाएर सेतीमा आउने बिरामीको चाप घट्ने र उपचार सेवा सहज हुने सामाजिक विकास मन्त्री साउदले बताउनुभयो ।सेती प्रादेशिक अस्पतालको ८४ औ वार्षिक साधारण सभामा बोल्दै मन्त्री साउँदले ृउक्त कुरा बताउनुभएको हो । स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहमै अस्पताल सञ्चालन गर्न सके सामान्य स्वास्थ समस्या हुँदा सर्वसाधारणले सेती अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्रालयका निमित्त सचिव नरेन्द्र सिङ कार्कीले बताउनुभयो ।

२०७५ सालमा प्रदेश सरकार मातहतमा सेती अस्पताल आएपनि अस्पतालको स्तरोन्नती हुन सकेको छैन । स्थापनाको ८४ वर्ष पुग्दा पनि जनशक्ति, भौतिक पूर्वाधार र उपकरण अभावको समस्या यथावत छन् ।
अस्पतालमा स्थायी जनशक्ति नहुँदा करार र ज्यालादारीमा चिकित्सक नियुक्ती गर्नु परेको अस्पतालका सेवा प्रभावकारी बनाउन समस्या भएको जनशक्ति आवश्यक रहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताउनुभयो । ‘सेती प्रादेशिक अस्पतालमा थुप्रै सेवा विस्तार गरिएको छ ।

अहिले बिरामीले विशेषज्ञ उपचार पाई रहेकाछन् । ‘अस्पतालमा सेवा विस्तार हुने तर जनशक्ति, उपकरण र भौतिक पूर्वाधार आवश्यकता भन्दा कम हुँदा सेवा प्रदान गर्न समस्या छ, ‘जनशक्ति र उपकरण नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ ।’ सेती प्रादेशिक अस्पतालमा हरेक वर्ष २ लाखभन्दा बढी बिरामीको उपचार हुने गरेको छ । हरेक वर्ष उपचार गर्न आउने बिरामीको संख्या बढे पनि अस्पतालको स्तरवृद्धिको काम भने हुन नसक्दा जनतालाई प्रभावकारी सेवा दिन नसकेको कमरले बताउनुभयो ।
हामीले सेवा पनि बढाएका छौँ। तर, सरकारले दुई सय शय्याका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) नबनाउँदा जनशक्तिको अभाव छ’, ‘उपचार गराउन आएका बिरामीलाई सहजै उपचार दिन दुई सय शय्या सरकार र एक सय शय्या विकास समितिबाट थप्नु आवश्यक छ ।’ प्रदेश सरकारले दुई सय शय्यामा सेती प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने भन्दै आएको छ । तर, प्रदेश सरकारले हालसम्म संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्म गर्न नसकेको मेसु कमरले बताउनुभयो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap