धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १०२ जनाको कोरोना परीक्षण गर्दा ११ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जनाको आइसीयुमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन।