सेती अस्पतालमा सेवा सुधार गर्न जग्गा अभाव


लेखक : सुन्दराञ्चल      साउन २०, २०७८ मा प्रकाशित     
सेती अस्पतालमा सेवा सुधार गर्न जग्गा अभाव

धनगढी २० साउन । प्रदेशभरका सरकारी अस्पतालमा स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा पाएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जग्गाविहिन रहेको खुलेको छ। विगतमा क्षेत्रीय मेडिकल स्टोरका नामले सञ्चालित केन्द्र संघीयता कार्यान्वयन भएसँगै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा परिणत भएको थियो ।

२०४१ सालमा मेडिकल स्टोर स्थापना हुँदा तत्कालिन सेती अञ्चल अस्पतालले आफ्नो स्वामित्वको ७ कट्ठा जग्गा उपभोग गर्न दिएको भएपनि अहिले सेती प्रादेशिक अस्पतालले आफैलाई त्यो जग्गा आवश्यक परेको भन्दै खाली गराउन पत्राचार गरेको छ । २०४१ सालमा क्षेत्रीय मेडिकल स्टोरको नाममा अहिलेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा स्थापना हुँदा सेती अस्पतालको जग्गामा गरिएको थियो।

स्थापना हुँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका दुबै निकाय अहिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेका छन्। २०४१ सालमा भवन निर्माण गरेर उपभोग गर्न दिएको सेती अस्पतालले २०६४ भदौ ४ गते मेडिकल स्टोरले उपभोग गरेको जग्गा नामसारी गर्न दिने निर्णय गरेको छ।

तर २०७८ असार ३१ मा भने सेती अस्पतालले ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान, जेनेरेटर, फोहरमैला प्रशोधन केन्द्र स्थापनका लागि स्थान अभाव भएकोले हाल प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रयोग गर्दै आएको जग्गा मागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए ।

विकास क्षेत्र हुँदा पनि औषधिको भण्डारण, आपूर्ति तथा उपभोग तथा खरिदका हिसाबले धनगढी उपयुक्त हुने ठानेर क्षेत्रीय सदरमुकाम दिपायल भएपनि मेडिकल स्टोरको स्थापना धनगढीमा गरिएको थियो । सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले भने दुबै निकाय सामाजिक विकास मन्त्रालय अन्तर्गतका भएकाले जग्गाको स्वामित्व तथा भोगचलनका सम्बन्धमा विवाद गर्न नहुने तथा विवाद पनि नरहेको बताए।

तथापि अस्पताललाई सेवा विस्तारका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपभोग गरेको जग्गा आवश्यक परेका जानकारी प्राप्त भएको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap