धनगढीः सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। कन्चनपुर भिमदत्त नगरपालिका १८ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १५५ नमुना परीक्षण गरिएकोमा २१ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ जना भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ४ जनाको आइसियूमा उपचार भइरहेको छ।