धनगढी ३ भाद्र । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ९४ जनाको कोरोना परीक्षण गरिएकोमा १४ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। जसमध्ये १ जनाको आइसीयुमा उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर फर्केका छन् भने २ जना भर्ना भएका छन्।