धनगढी ३२ साउन । एनआरएनए जापानको सहयोगमा सेती प्रादेशिक अस्पताललाई १० थान अक्सीमाइजर र १ हजार थान वाइ कनेक्टर हस्तान्तरण गरेको छ । सोमबार उद्योग बाणिज्य संघ कैलालीका सल्लाहकार हिक्मत कुँवर मार्फत सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य सचिब तथा एनआरएनए स्पोर्टस एकाडेमीका सल्लाहकार एकेन्द्र कुँवरको संयोजकमा स्वास्थ सामाग्री १० थान अक्सीमाइजर र १००० थान वाइ कनेक्टर पठाइएको उद्योग बाणिज्य संघ कैलालीका सल्लाहकार हिक्मत कुँवरले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारको सहजका लागि विभिन्न संस्थाको समन्वयमा नेपाल खेलकुद महासंघले स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुवरले जानकारी दिए ।
हङकङ एनआरएनको सहयोगमा आउदो दुई हप्तापछि चार लाख मूल्य पर्ने २ थान अक्सिजन कन्सन्ट्रेटर पनि सेती प्रादेशिक अस्पताललाई सहयोग गरिने पनि कुँवरले जानकारी दिए ।