सेति अस्पताललाई १० थान अक्सीमाइजर र १ हजार थान वाई कनेक्टर सहयोग


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
सेति अस्पताललाई १० थान अक्सीमाइजर र १ हजार थान वाई कनेक्टर सहयोग

धनगढी ३२ साउन । एनआरएनए जापानको सहयोगमा सेती प्रादेशिक अस्पताललाई १० थान अक्सीमाइजर र १ हजार थान वाइ कनेक्टर हस्तान्तरण गरेको छ । सोमबार उद्योग बाणिज्य संघ कैलालीका सल्लाहकार हिक्मत कुँवर मार्फत सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य सचिब तथा एनआरएनए स्पोर्टस एकाडेमीका सल्लाहकार एकेन्द्र कुँवरको संयोजकमा स्वास्थ सामाग्री १० थान अक्सीमाइजर र १००० थान वाइ कनेक्टर पठाइएको उद्योग बाणिज्य संघ कैलालीका सल्लाहकार हिक्मत कुँवरले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारको सहजका लागि विभिन्न संस्थाको समन्वयमा नेपाल खेलकुद महासंघले स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुवरले जानकारी दिए ।
हङकङ एनआरएनको सहयोगमा आउदो दुई हप्तापछि चार लाख मूल्य पर्ने २ थान अक्सिजन कन्सन्ट्रेटर पनि सेती प्रादेशिक अस्पताललाई सहयोग गरिने पनि कुँवरले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap