सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ? यस्तो छ वैज्ञानिक कारण


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ? यस्तो छ वैज्ञानिक कारण

पृथ्वीमा कतिपय वनस्पतीहरु यस्ता हुन्छन् जसले बाह्य वातावरणसँग देखिने गरी प्रतिक्रिया जनाउँदछन् । सूर्यमुखी यस्तै खालको एउटा वनस्पती हो, जसको फूल सूर्यतिर फर्किन्छ ।

सूर्यमुखी गर्मी महिनामा फूल्दछ, जहाँ ६ घण्टाभन्दा बढी समयसम्म घाम लाग्दछ । जतिधेरै तापक्रम भयो सूर्यमुखीको फूल उति नै छिटो विकसित हुन्छ ।

जब बिहान पूर्वबाट सूर्य उदाउँछ तब सूर्यमुखी फूलको मुख पूर्वतर्फ फर्किएको हुन्छ । विस्तारै सूर्य पूर्वबाट पश्चिमतर्फ जाँदैगर्दा सूर्यमुखी फूल पनि त्यसैगरी आफूलाई सूर्य भएकै दिशातिर फर्काउँदै जान्छ र बेलुकी यो फूल पूर्ण रुपमा पश्चिम दिशातिर फर्किएको हुन्छ । तर रातको समयमा भने यसले आफ्नो दिशा बदलेर पुनः पूर्वतिर फर्किन्छ र अर्को दिन सूर्य उदाउने प्रतीक्षा गरिरहेको हुन्छ । सूर्यमूखीको नयाँ फूल पूरानो फूलको तुलनामा सूर्यको दिशामा धेरै मुखरित भएको हुन्छ । पूर्णरुपमा फक्रिसकेको फूल भने यस्तो प्रतिक्रिया देखाउन असमर्थ हुन्छ र सधै प्रायः पूर्वतिर नै फर्किएको हुन्छ ।

आखिर यस्तो किन हुन्छ ? सूर्यमुखी फूल सूर्यतिर फर्किनुको कारण के हो ? वैज्ञानिकहरुले सूर्यमुखी फूलको यस्तो प्रवृत्तिलाई हेलियोट्रपिजम नामाकरण गरेका छन् । यही प्रक्रियाका कारण सूर्यमुखीले सूर्यको दिशातिर आफ्नो मुख फर्काउँदछ ।

सन् २०१६ मा भएको एक अनुसन्धानबाट के पत्ता लाग्यो भने जुन प्रकारले मानिसको शरीरभित्र एक जैविक घडी हुन्छ, सूर्यमुखी फूलमा पनि त्यस्तै व्यवस्था हुन्छ । त्यहीँ नै हेलियोट्रपिज्म हो । त्यसलाई सूर्यमुखीको जैविक घडी पनि भनिन्छ । यसले सूर्यको किरणलाई पत्ता लगाउँदै फूललाई उसैतर्फ मोड्नका लागि प्रेरित गर्दछ ।

वैज्ञानिकहरुका अनुसार दिनको भिन्न-भिन्न समयमा सूर्यमुखीको काण्डको लम्बाई फरक फरक ढंगले वृद्धि हुने भएको हुनाले पनि फूल सूर्य जता गयो उतै फर्किने गरेको हुन्छ । यस्तो वृद्धिमा अक्जिन नामक हर्मोनले काम गरेको हुन्छ । सूर्यमुखीको कलिलो फूल सूर्यतिर फर्किनुको जैविक कारणमा प्रकाश संश्लेषणका साथै परागशेचनलाई तीव्रता दिनु पनि रहेको वैज्ञानिकहरुको ठहर छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap