धनगढी चैत्र २८,सुशासन,दिगो विकास र समृद्ध सुदूरपश्चिमू विषयक प्रादेशिक सम्मेलन २० ८० धनगढीमा सम्पन्न ।चैतन्य एकेडेमी नेपालले काठमाण्डौँमा विगत ११ वर्षदेखि राष्ट्रिय तहमा निरन्तर रूपले राष्ट्रिय सेमिनार आयोजना गर्दै आइरहेको छ । यसपटक पनि सुदूरपश्चिममा एकदिने क्षेत्रीय सम्मेलन चैतन्य पाठशालामा आयोजना गरेको छ।
चैतन्य रिसर्च एण्ड डिभल्पमेन्ट सेन्टरका अध्यक्ष प्रा। डा। हेमराज पन्तको अध्यक्षतामा सम्पन्न सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न पेसा, व्यवसाय, संघ संस्था तथा सरकारी सेवा , साहित्य,कला , शिक्षा, राजनीति लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनाली , प्रमुख वक्ताको रुपमा रहनुभएको थियो।
उद्घाटन सत्रमा सहभागीलाई स्वागत मन्तव्य राख्दै चैतन्य ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले सुदूरपश्चिमलाई चिनाउन राज्यका हरेक क्षेत्र र तहबाट सबैले इमान्दारीताका साथ प्रयास गरी मानव स्रोत साधनको उपयोग गरेर लागेमा सफल हुन् सकिने कुरा व्यक्त गर्नुभयो।
कर्यक्रममा सुदूर प्रदेश सरकारका प्रमुख सचिव डा हरी लम्साल र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल की नोट इस्पिकर हुनुहुन्थ्यो ।आन्तरिक मामिला मन्त्रालयइका सचिव सुशील वैद्य, सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि खनालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा माननीय धर्मराज पाठक,नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिका पूर्व उपमेयर सुशीला मिश्रा भट्ट, इन्सेक प्रदेश संयोजक खड्गराज जोशी, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा, साहित्यकार रामलाल जोशी, यूथ इनिसिए तिब,एबम् बात चित घरका ठाकुर करिया प्रधान,अधिकारकर्मी अशोक जैरु प्यानललिस्टको रूपमा सेसनमा भागलिनु भएको थियो भने मध्यस्थकर्ता सिताराम भट्ट र दीर्घराज उपाध्याय रहनुभएको थियो। 