सुप विश्वविद्यालयका आंगिक क्याम्पसमा स्ववियु चुनाव: आज उम्मेदवारी दर्ता…


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०८१ मा प्रकाशित     
सुप विश्वविद्यालयका आंगिक क्याम्पसमा स्ववियु चुनाव: आज उम्मेदवारी दर्ता…

धनगढी चैत १८, सुप विश्वविद्यालयका आंगिक क्याम्पसमा चैत २७ गते हुने स्ववियुको निर्वाचनका लागि आज मनोनयन दर्ता भैरहेकाे छ।

निर्वाचन तालिकाअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तरगत आज सोमबार बिहान ११ बजेदेखि दिउँसाे २ बजेसम्म मनोनयन दर्ता भैरहेकाे हो।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितीले बेलुका ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाएकाे छ। १९ गते १० बजेदेखि १ बजेसम्म दाबीविरोध, ५ बजे उम्मेदवारको नामावली प्रकाशन, २० गते उम्मेदवारी फिर्ता, २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २७ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन हुन लागेको हो । कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस,डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ,पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको सीताराम र घण्टेश्वर बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस, बाजुराको बडीमालिका र बाजुर क्याम्पस, बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको बताईएकाे छ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराएकाे आराेप  लगाएका छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap