सुप महिला जागरण मञ्चको सधारण सभा महिलालाई रोजगार मुलक काम दिन्छौ ः मुख्य मन्त्री भट्ट


लेखक : सुन्दराञ्चल      पुस ८, २०७८ मा प्रकाशित     
सुप महिला जागरण मञ्चको सधारण सभा  महिलालाई रोजगार मुलक काम दिन्छौ ः मुख्य मन्त्री भट्ट

सुदुर पश्चिम महिला बचत तथा ऋण सहकारी संस्था लि .को १२ औ र सुप महिला जागरण मञ्च नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जागरण मञ्चको उद्घाटन सत्रमा सुप प्रदेशका मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथी त्रिलोचन भट्टले सुप महिला जागरण मञ्चलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । महिलालाई रोजगारी दिन विभिन्न रोजगारी मुलक र सिप मुलक कार्यत्रमहरु समेत दिने बताए । उनले महिलाहरु अव पछाडि पर्नु हुदैन राज्यका हरेक निकाएमा समान सहभागिता जनउन पर्ने बताए । महिला जागरण मञ्चले विपदमा परेकाको उद्धार राहात र जाडोमा जेष्ठ नागरीकलाई न्यानो लुगाहरु समेत वितरण गदै सामाजिक क्षेत्रमा महत्वपुर्ण काम गदै आएको छ । यो संस्थाले सुप मात्रै नभई नेपाल भरी विपतमा परेकालाई सहयोग गदै आएको छ । कार्यक्रम संस्थाका अध्यक्ष शान्ति सिंह शाहीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्र शिक्षा, स्वाश्थ्य लगायत समाजमा योगदान पुर्याउने व्यक्तत्वलाइ सम्मान गरिएको थियो । यस्तै बचत तथा ऋण सहकारीको समेत १२ औ साधार सभा संस्थाको वार्षिक प्रतिवेदन र प्रगति प्रतुत गरि सम्पन्न भएको छ । मञ्जु स्वाँरको अध्यक्षतामा कार्यक्रम आयोजना गरीएको थियो ।४१५ जना महिला यस्मा सेयर सदस्य रहेकाछन् भने हाल १ करोड ५ लाख ३३ हजार ४ सय सेयर रकम जम्मा गर्न सफल भएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap